कार्कीसहित चार पत्रकार पुरस्कृत

Nayabimarsha (Weekly Newspaper from Nepal)

हेटौंडा/ बागमती प्रदेश सरकारले गणतन्त्र दिवसको अवसर पारेर चारजना पत्रकारलाई पुरस्कृत गरेको छ । हेटौँडामा आयोजित विशेष कार्यक्रममा नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष तथा दैनिकीन्युजका सम्पादक रामहरि कार्कीलाई संस्थागत पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । यसैगरी नेपालखबरको बागमती प्रदेश संवाददाता सुनिता विष्टलाई विकास पत्रकारिता पुरस्कार, नयाँ पत्रिकाकर्मी पोष्टराज अधिकारीलाई खोज पत्रकारिता पुरस्कार र रामेछापका युवराज श्रेष्ठलाई सुशासन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् ।
पत्रकारितामार्फत गणतन्त्र, सुशासन, विकास निर्माण तथा नागरिकसम्म सूचना प्रवाहमा पु¥याएको योगदानको कदर गर्दै उक्त पुरस्कार दिइएको हो । उनीहरूलाई जनही ५० हजार रुपियाँ नगदसहित सम्मान गरिएको प्रदेश सरकारले जनाएको छ ।
पत्रकार कार्कीले लामो समयदेखि निष्पक्ष, जिम्मेवार पत्रकारितालाई आत्मसात् गर्दै बागमती प्रदेश सरकारका नीति, योजना, विकास निर्माण, सुशासन, जनचासोका विषय तथा नागरिकका आवाजलाई प्रभावकारी रूपमा सञ्चारमाध्यममार्फत आम नागरिकसम्म पु¥याउने काम गर्दै आएका छन् । प्रदेश सरकारका गतिविधिलाई समाचारका रूपमा सीमित नराखी त्यसको प्रभाव, चुनौती र नागरिक सरोकारसँग जोडेर प्रस्तुत गर्ने उनको शैलीले पत्रकारितालाई अझ विश्वसनीय र प्रभावकारी बनाएको मानिन्छ ।
प्रदेश सरकारको संस्थागत सुदृढीकरण, लोकतान्त्रिक अभ्यासको प्रवद्र्धन तथा जनतासँग सरकारको सम्बन्धलाई थप मजबुत बनाउन सञ्चार क्षेत्रबाट खेलेको सक्रिय भूमिकाको उच्च मूल्याङ्कन गर्ने कार्य बागमती प्रदेश सरकारले गरेको बताइएको हो । उनलाई “प्रदेश संस्थागत विकास पत्रकारिता पुरस्कार” प्रदान गरेको हो ।
पुरस्कार ग्रहणपछि कार्कीले यो सम्मानले आफूलाई अझ जिम्मेवार, उत्तरदायी र जनताको आवाजप्रति प्रतिबद्ध भएर काम गर्न प्रेरणा दिएको बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *