काठमाडौं/ पूर्व सभापति शेर बहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय मेला विवादमा परेको छ । गत श्रावण २९, ३० र ३१ गते सम्पन्न राष्ट्रिय भेलालाई अन्तिममा राष्ट्रिय सम्मेलनको नाम दिइएको थियो । उक्त भेलाको उद्घाटन सत्रमा सहभागी बनेर काँग्रेस सभापति गगनकुमार थापाको विपक्षमा निन्दाको तीखो वाण प्रहार गरेका पूर्व उपसभापति पूर्णबहादुर खड्का र वरिष्ठ नेता शेखर कोइराला समापन समारोहमा उपस्थिति नभएपछि विभिन्न अड्कलबाजीहरु श्ुरु भएका छन् ।
त्यसमाथि इतरपक्षका नेता विमलेन्द्र निधि र प्रकाशशरण महत बीच मञ्चमा देखिएको धकेलाधकेलको दृष्यले काँग्रेसभित्र नयाँ वहस शुरु भएको छ । धार्मिक विषयले भेलामा प्रवेश गरेपछि काँग्रेसको एकताप्रति प्रश्नचिन्ह उठेको छ ।
इतरपक्षबाट विस्तारै नेताहरु टाढिन थालेको चर्चा चलेको छ । खासगरी डा. शशांकलाई संयोजक बनाएपछि खड्का र शेखरले उपलब्धी नहुने ठानेर समापन समारोहमा सहभागी नभएको काँग्रेसका जानकारहरुले बताएका छन् । उता संयोजक शशांक कोइरालाले नेताहरुलाई सम्मानजनक पद दिए समापति मान्ने बताएपछि इतरपक्षमा अब डा. प्रकाशशरण महत, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलालगायतका केही मात्र बाँकी रहने र अन्य नेताहरु गगन थापाको नेतृत्वको आधिकारिक कांग्रेसमा सहभागी भै मिलेर १५ औं महाधिवेशनमा जाने जानकारहरुले बताएका छन् ।
खड्का र शेखरलाई समेटेर अघि बढ्दा काँग्रेसलाई घाटा नहुने बुझाई कार्यकर्ताहरुको छ । सम्मानजनक पद दिए डा. शशांक र निधि पनि समेटिने चर्चा काँग्रेसवृत्तमा चलेको छ । यता, काग्रेसलाई एकताबद्ध गर्न गत भाद्र २ गतेबाट शुरु हुने मानिएको गाउँ, नगर र वडा अधिवेशनको तालिका भाद्र २४ गतेबाट शुरु हुने भएको छ । इतरपक्षका नेताहरुसँग निरन्तर सम्वादमा रहेका सभापति थापाले एकता गरेर १५ औ महाधिवेशनमा जाने कार्यकर्ताहरुले विश्वास गरेका छन् ।
इतरपक्षबाट अलग हुँदै
Facebook Comments Box
