काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टीलाई मन्त्री र सांसद सम्हाल्न सकस परिरहेको छ । सरकार बनेको साढे चार महिना वितिसक्दा पनि लय समात्न नसकेपछि र जनताका माग सम्बोधन हुन नसकेपछि प्रधानमन्त्री बालेन्द्र शाहले आठजना मन्त्रीहरु हटाएर सक्षम व्यक्तिलाई ल्याउने तयारी गरेको समाचार श्रोतले बताएको छ । ठूलो संख्यामा हटाइन लागेका मन्त्रीहरुको पहिलो सूचीमा गौरीकुमारी यादव परेकी छन् । उनलाई यसअघि रास्वपा सभापति र आइजीपी दानबहादुर कार्कीले रोकेका कारण गत असार १६ गतेदेखि आजसम्म झण्डा हल्लाउने मात्र काम गर्दै आएकी बताइएको छ ।
गत असार १६ गते पेट्रोलियम पदार्थको मूल्य बढाउन सूचना चुहाएको र व्यवसायीसँग साठगाँठ गरेको आरोपमा पक्राउ पर्नबाट जोगिएकी थिइन् । अहिले सर्वसाधारण उपभोक्तालाई सहजै ग्याास उपलब्ध गराउन नसकी सास्ती दिएको आरोप पनि थपिएको छ । हटाउन लागेको दोश्रो सूचीमा निशा मेहता रहेकी छन् । सेवा प्रवाह कार्य सम्पादन र स्वास्थ्य क्षेत्र सुधार नआएको आरोप उनीमाथि लागेको बताइएको छ । तेस्रो सूचीमा श्रममन्त्री रामजी यादव रहेको बताइएको छ । यसैगरी कृषि तथा पर्यवरणमन्त्री गीता चौधरी, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिना, संस्कृति तथा नागरिक उड्यन मन्त्री खडगराज पौडेल, महिला बालबालिका मन्त्री सीता वादी र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले रहेको चर्चा छ ।
प्रधानमन्त्री शाहसँग सबैभन्दा बढी विवाद र टसल भए पनि सभापति लामिछानेको आशिर्वादका कारण वाग्ले नहट्ने संभावना बढी रहेको श्रोतले जानकारी दिएको छ । यता, प्रधानमन्त्रीका दाहिने र देब्रे हात मानिएका गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि पछिल्लो समय भाइरल बनेका छन् । प्रधानमन्त्री शाहले परिणाम दिन नसक्ने मन्त्रीहरु हटाएर जनतालाई आभाष दिन सक्ने मन्त्रीहरु ल्याउने तैयारीमा जुटेको बुझिएको छ । यसका लागि मन्त्रीहरु मेहता, यादव, वादी, तिमल्सिना र पौडेल निशानामा परेका हुन् । यिनीहरुको कार्यसम्पादन समेत कमजोर र निराशाजनक रहेको बताइएको छ ।
यता, सांसद बनेपछि अनमत्त हात्ती झै बनेका खगेन्द्र सुनार, आशिका तामाङ्ग, टीका संग्रौला र पारशमणि गेलालको हर्कतले पार्टी संसद र संसदीय समितिको गरिमा नै घटाएपछि आफ्ना पार्टीका सांसदहरु सम्हाल्न सभापति लामिछानेलाई सकस परिरहेको चर्चा चलेको छ । रास्वपामा हाल १८२ सांसद रहेकामा १५ जना बाहेक १६७ जना नयाँ अनुहार रहेका छन् । यिनीहरुलाई संसद, सांसदको जिम्मेवारी, भूमिका, नीति, नियम, बोल्ने चरिका विषयगत जानकारी कम रहेकाले अभिमुखीकरण तालिम दिनुपर्ने अवस्था आएको चर्चा छ । रास्वपाका सांसदहरुलाई ३ दिने अभिमुखीकरण दिइएको भए पनि अपर्याप्त रहेको जानकारहरुले बताएका छन् ।
रा.स्व.पा लाई मन्त्री र सांसद सम्हाल्न सकस
Facebook Comments Box
