काठमाडौं/ रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पु¥याउन एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसले २० लाख रुपियाँ प्रदान गरेको छ ।
एक्सपर्ट फाउन्डेशनमार्फत उपलब्ध गराइएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जनाइएको छ । बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै खोज तथा उद्धार र प्रभावित समुदायको पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले रकम प्रदान गरिएको फाउन्डेशनले जनाएको छ ।
फाउन्डेशनका अनुसार सरकारको समन्वयमा सञ्चालन हुने राहत, उद्धार तथा पुनःस्थापनाका कार्यक्रममार्फत सहयोग रकम परिचालन गरिनेछ । सिड्नीमा मुख्यालय रहेको एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसका ग्लोबल निर्देशक बद्री अर्यालले प्राकृतिक विपत्तिको समयमा पीडितको साथमा उभिनु सामाजिक जिम्मेवारी भएको बताए । संस्थाले आफ्नो सामथ्र्यअनुसार सहयोग गरेको उनको भनाइ छ ।
अर्यालले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । उनले विपद्को समयमा उद्धार तथा राहतमा परिचालित सुरक्षाकर्मी, सरकारी निकाय, स्थानीय तह र स्वयंसेवकहरूको भूमिकाको प्रशंसा पनि गरे ।
एक्सपर्ट फाउन्डेशनले तत्कालीन राहतसँगै आवश्यकताका आधारमा प्रभावित समुदायको दीर्घकालीन पुनःस्थापनामा समेत सहयोग गर्ने जनाएको छ । विपद्का नाममा संकलित तथा उपलब्ध गराइने सहयोग वास्तविक पीडितसम्म पारदर्शी र उत्तरदायी ढंगले पुग्नुपर्नेमा जोड दिँदै फाउन्डेशनले राष्ट्रिय पुनःस्थापनाको अभियानमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताएको छ । भोटेकोशी बाढीबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै फाउन्डेशनले आगामी दिनमा समेत आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
बाढीपीडितका लागि एक्सपर्टको २० लाख सहयोग
Facebook Comments Box
