काठमाडौं/ गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले सडक र पुललाई सबभन्दा धेरै क्षति पुर्याएको अनुमान पूर्वाधार विकास मन्त्रालयले गरेको छ । मानवीय क्षतिबाहेक भौतिक क्षति पुनर्निर्माण गर्न ५८ अर्ब रुपियाँ बढी लाग्ने बताइएता पनि विस्तृत विवरण भने आएको छैन ।
पूर्वाधार विकास मन्त्रालय अन्तरगत पर्ने भवन विभाग र खानेपानी विभागको भन्दा सडक विभागको ठूलो क्षति भएको बताइएको छ । भोटेकोशी बाढीले ३१ वटा पक्की तथा रणनीतिक पुलहरु बगाएको गल्छी–बेत्रावती, मैलुङ–स्याफ्रुवेसी–रसुवाढी सडक खण्डको ५६ किलो मिटर लम्बाईमध्ये करिब ४० किलोमिटर सडक पूर्वाधार ध्वस्त भएको विभाग उच्च श्रोतले जानकारी दिएको छ ।
बाढीको उच्च बेगले पुल र सडकमा नसोचेको क्षति भएको छ । त्रिशुलीको बाढीबाट फुर्केखोलामा निर्मित धादिङवेसी जोड्ने पुल बगाएपछि सदरमुकाम सम्पर्कविहीन बन्न पुगेको छ । विभागले अहिले मौज्दात बेलीब्रिजबाट देवीघाट -५० मिटर) त्रिशुलीबजार र वेत्रावतीमा तत्काल बेलीब्रिजको जडान गर्न काम थालिएको बताएको छ । सडक सम्पर्कका कारण रसुवा लगायतका ठाउँमा उद्धार र राहतका सामग्री पुग्न नसकेको अवस्था छ ।
यता, कृष्ण भीरमा भयानक पहिरो गएपछि यातायात पूर्णरुपमा अवरुद्ध भै काठमाडौं जोड्ने लाइफ लाइन बन्द हुन पुगेको छ । यसले काठमाडौंमा पेट्रोलियम पद्धार्थ, ग्यास र अत्यावश्यक सामानको आपूर्ति व्यवस्थापन खल्बलिएको छ । कान्ति राजमार्ग र त्रिभुवन राजपथबाट गाडी पठाउने गरिए पनि घण्टौंसम्मको कामले यात्रुहरुले सास्ती व्यहोर्न बाध्य भएका छन् । दशैंको मुखमा भएको अकल्पनीय घटनाले मुलुक मर्माहत बन्न पुगेको छ ।
रसुवा र नुवाकोटको सम्पर्क सुचारु गर्न तुइन जडान कार्यलाई अघि बढाएको छ । सडक सबै पुनर्निर्माण तुरुन्तै सम्भव नहुने भएकाले तीन–चार हप्ताभित्र अस्थाई रुपमा गरी आवागमन सुचारु गर्ने विभागले जानकारी गराएको छ । यी सबै कामका लागि विभागका महानिर्देशक डा. विजय जैशी बिजुली गतिमा जुटेको समाचार श्रोतले बताएको छ । सडक विभागको व्यवस्थापनमा अरु सु.ई.हरु महानिर्देशक भएको भए यो महाविपत्तिमा काम गर्न नसक्ने र फिल्डमा खट्न नसक्ने भनी चर्चा चलेको छ ।
पूर्वाधारमन्त्री सुनील लम्साल र डीजी जैशीको कार्यक्षमताको जनमानसमा राम्रै मूल्याङ्कन भएको जानकारहरुले बताएका छन् । सडक विभागको नेतृत्व र भूमिकाले चर्चा कमाएको छ ।
क्षतिग्रस्त सडक र पुल बनाउन डिजी सकृय
Facebook Comments Box
