काठमाडौं/ निजामती सेवामा प्राविधिक तर्फको सचिव बनेर आकर्षक मन्त्रालयमा बसी रजगज गर्दै आएका पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल दशैंअघि नै अवकाश हुने भएका छन् । निजामती किताबखानाका अनुसार सचिव सिग्देल आगामी असोज १३ गते मन्त्रालयबाट विदा हुँदै छन् । सिंचाई सेवाबाट सडक विभागमा प्रवेश गरेका सिग्देलले तात्कालीन अवस्थामा सडक विभागको भन्सार मानिएको उत्तर दक्षिण व्यापारिक मार्गमा बसेर राम्रै शुभलाभ गरेको जानकारहरुले बताएका छन् ।
पछि सडक विभागको महानिर्देशक र तात्कालिन भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव बनेका सिग्देल शक्तिकेन्द्रको आशिर्वादमा रजगज गर्ने भाग्यमानी प्राविधिक सचिव मानिन्छन् । सचिव सिग्देल केही समय नेपाल ट्रष्ट बाहेक अधिकांश समय आकर्षक मन्त्रालयमा बसेको अभिलेख रहेको बताइएको छ ।
भौतिक पूर्वाधार मन्त्रालयमा सचिवमा दोहोरिएका सिग्देल पछि ऊर्जा, सिँचाई हुँदै शहरी विकास मन्त्रालयको सचिवमा कार्यरत थिए । प्रधानमन्त्री बालेन्द्र शाह -बालेन) को नेतृत्वमा बनेको वर्तमान सरकारले २२ वटा मन्त्रालयलाई एकीकृत गरी १८ वटामा झारेपछि भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र खानेपानी मन्त्रालय एकीकृत भै पूर्वाधार विकास मन्त्रालय बनेको थियो । पूर्वाधार विकास मन्त्रालयमा करिव ७ महिना विताएका सचिव सिग्देल ५ वर्षे कार्यकालका कारण अवकाश हुने बताइएको छ । जागिरे अवधिभर सधैं आकर्षक ठाउँमा बसेर कमाउने र रमाउने अनि मस्ती गरेका सचिवको अवकाश पछि पूर्वाधार विकसा मन्त्रालयको सचिवको भन्ने चर्चा चलेको छ ।
श्रोतका अनुसार प्राविधिक सचिव विश्वबाबु पुडासैनी पनि चर्चामा छन् तर सरकारको प्राथमिकतामा को योग्य र सक्षम ठानिन्छन् उसैले बाजी मार्ने श्रोतले बताएको छ । अहिले भोटेकोशी विपत्तिको अवस्थामा सडक र पुल तथा खानेपानी क्षेत्रमा काम गर्न सक्ने अनुभवी व्यक्तिलाई सरकारले प्राथमिकतामा राखी हाम्राभन्दा राम्रालाई छान्नुपर्ने चर्चा चलेको छ ।
दशैंअघि पूर्वाधार विकास सचिवको अवकाश
Facebook Comments Box
