महानगरले शिक्षामा बजेट बढायो

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ काठमाडौं महानगरपालिकाले शिक्षाको लागि आगामी आर्थिक वर्ष २०७९÷८० का लागि ७० करोड रुपियाँभन्दा धेरै बजेट बिनियोजन गरेको छ । यो चालु आर्थिक वर्षको बजेटभन्दा तीन गुणा बढी रहेको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिका शिक्षा विभाग अधिकृत रामप्रसाद सुवेदीका अनुसार चालु आर्थिक वर्षका लागि करिब रु.२२ करोड छुट्याइएको थियो । आगामी आर्थिक वर्षको लागि रु.७० करोड बढी छुट्याइएको छ । महानगरपालिकाले यसरी बजेट वृद्धि गर्नुमा महानगरभित्रका सार्वजनिक शिक्षा सुधारका विभिन्न कार्यक्रमहरु ल्याउनु रहेको छ ।
शौचालय स्तरोन्नति, सबै माध्यमिक विद्यालयमा ९–१२ कक्षामा हप्ताको एक दिन सीपमूलक शिक्षा दिने, नमुनाको रुपमा विद्यालयमा विद्यार्थीको रंग बनाउने लगायतका नयाँ कार्यक्रमको लागि बजेट विनियोजन भएको महानगर शिक्षा शाखाले जनाएको छ । उता, सञ्चालन भइरहेका कार्यक्रमहरुमा पनि बजेट बढाइएको सुवेदीले जानकारी दिएका छन् ।
महानगरले विद्यार्थीको खाजाको लागि छुट्याएको रकममा थप गर्ने भएको छ । संघीय सरकारले प्रतिविद्यार्थी रु.१५ को दरले दिवाखाजाको लागि रकम विनियोजन गर्दै आएमा त्यसमा काठमाडौं महानगरको तर्फबाट न्यूनत्तम रु.१० बढाउने तयारी भएको छ । बालकक्षादेखि ५ कक्षासम्मका विद्यार्थीलाई दिँदै आएको दिवा खाजा आगामी आर्थिक वर्षदेखि ६ कक्षासम्म दिने सरकारले घोषणा गरेको छ । संघीय सरकारले यो कार्यक्रमलाई कक्षा ८ सम्म विस्तार गर्ने लक्ष्य लिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *