पुबुदु नेपाल छाडी क्यानडामा प्रशिक्षक बन्ने

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ÷ नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दशानायके क्यानडामा प्रशिक्षक बन्ने भएका छन् । क्यानडाको मुख्य प्रशिक्षक नियुक्त भएका उनलाई क्रिकेट क्यानडाले सामाजिक सञ्जालमार्फत मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको छ ।
उनले बुधबार पत्रकार सम्मेलन गर्दै व्यक्तिगत कारण देखाएर नेपाली क्रिकेट टीमको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए । उनी खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) बीच विवाद भइरहँदा गत वर्ष मंसिरमा नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनले स्कटल्याण्ड भ्रमणमा जानुअघि नै क्यानलाई राजीनामा बुझाएका थिए । उनी यसअघि सन् २०११ देखि २०१५ सम्म पनि नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षक थिए ।

विदेश लाने डलरमा कडाइ
काठमाडौं÷ विदेश जाने जो कोहीका लागि विदेशी डलर सटही सुविधामा कडाइ गरिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार एक निर्देशन जारी गर्दै विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानीबापत अधिकतम अमेरिकी डलर दुई सयसम्मको सटही सुविधा प्रदान गर्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैंक मनिचेञ्चर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम ९ को उपविनियम ४ को खण्ड ३ को व्यवस्था बमोजिम परिवत्र्य विदेशी मुद्रा बिक्री गर्ने इजाजत प्राप्त मनिचेञ्जरले विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई तोकिएअनुसार मात्रै डलर सटही सुविधा दिने भनी नयाँ व्यवस्था गरेको छ । विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई यस खालको एकीकृत परिपत्र जारी गरिएपछि विदेश जाने नेपालीलाई यात्रामा असहज हुने अवस्था देखिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *