निद्रा लगाउने १० उपाय

Nayabimarsha (Weekly Newspaper from Nepal)

मानिस स्वस्थ रहन राम्रो निद्रा आवश्यक हुन्छ । निद्रा पुग्दा शरीर र मस्तिष्कले राम्रो काम गर्ने भएकाले यसलाई जीवनको अपरिहार्य कार्य मानिन्छ । कतिपयलाई समयमा निद्रा नलाग्ने समस्या हुन्छ । अनिद्राले मानसिक र शारीरिक दुवै स्वास्थ्यलाई असर गर्न सक्छ । राम्रो निद्राका लागि केही विधिहरूको यहाँ चर्चा गरिएको छ । १. सुत्ने एउटा समय निश्चित ः मानिसहरूले सुत्ने तालिका मिलाउन सके निदाउन मद्दत हुन्छ । जति बेला मन लाग्छ त्यति बेला सुत्ने बानीले निद्रा नलाग्ने समस्या उत्पन्न हुन्छ । त्यसैले सुत्ने समय निश्चित गरेको खण्डमा निद्रा लाग्ने गर्दछ ।
२.दिउँसो नसुत्ने ः रातमा कम निद्रा लाग्ने मानिसहरूलाई दिनको समयमा निद्रा लाग्ने गर्छ । अनुसन्धानहरूले दिउँसो जति सुते पनि राती सुतेको जस्तो नहुने देखाएका छन् । दिउँसो बढी सुत्नेहरूमा झन् अनिद्रा बढ्छ ।
३.घडी हेरेको हेर्यै नगर्ने ः निद्रा नलागेपछि मानिसहरू कति बज्यो भनेर घडी हेरिरहने हुन्छन् । अनिद्रा भएका मानिसहरूमा घडी हेर्ने सामान्य कुरा हो तर यसले निद्रा नलाग्ने र एन्जाइटी बढ्ने हुन सक्छ । त्यसैले निद्रा नलागे घडी हेर्ने गर्नु उचित होइन ।
४.सुत्नु अघि लेख्ने अभ्यास गर्ने ः निद्रा नलागेपछि मानिसहरू धेरै सोच्न थाल्छन् । जसले थप चिन्ता र नकारात्मक भावनाहरू बढाउँछ । सोहि कारण आफ्ना भावना र विचारहरू लेख्ने बानी लगाउँदा त्यसले नकारात्मक असर नगरी निद्रालाई मद्दत गर्दछ ।
५. व्यायाम गर्ने ः व्यायामले मस्तिष्कमा सेरोटोनिनको उत्पादन बढाएर र तनाव हार्मोन कोर्टिसोलको स्तर घटाएर निद्राको अवधि र गुणस्तर बढाउन सक्छ । यसले निद्रामा लाने कार्य गर्दछ ।
६.आरामदायी सङ्गीत सुन्ने ः सङ्गीतले निद्राको गुणस्तरमा उल्लेखनीय सुधार गर्न सक्छ । निद्रा नलागेको समयमा आफूलाई मन पर्ने गीतहरू सुन्दा मन आनन्दित हुन्छ र निदाउन सहज हुने बताइन्छ ।
७.सबै बत्ती र फोनहरू बन्द गर्नु राम्रो ः कसै कसैलाई बत्ती बालेर निदाउने बानी हुन्छ भने कसै कसैलाई बत्ती निभाएर निदाउने बानी हुन्छ । टिभी हेर्ने, गेम खेल्ने, फोन चलाउने बानीले सुत्न निकै गाह्रो बनाउन सक्छ । निदाउन प्रयास गर्दा गर्दै यस्ता सबै चिजहरू बन्द गर्नु राम्रो मानिन्छ ।
८.खुशी बनाउने चीजहरूको कल्पना ः आफूलाई खुशी पार्ने चिजहरू, आफूले बिताएको रमाइलो समय याद गर्नाले पनि निदाउन सहज हुन सक्छ ।
९.सजिलो हुने गरी सुत्ने ः कसै कसैलाई बाक्लो चिजमा सुत्ने बानी हुन्छ भने कसैलाई पातलो चिजमा भए पनि निद्रा लाग्छ । आफूलाई सहज हुने गरी सुत्दा निदाउन सकिन्छ ।
१०.जागा रहन प्रयास गर्ने ः निदाउन नसक्दा जागा रहने प्रयास गरेर निद लाग्छ भन्दा अचम्म लाग्न सक्छ तर निदाउँछु नै भनेर निदाउन खोज्नु भयो भने निद्रा नलाग्न पनि सक्छ । आफैंलाई निदाउन बाध्य पारेर उत्पन्न गरिएको तनाव र चिन्ताले तपाईँलाई निदाउनबाट रोक्न सक्छ तर जागा रहने प्रयास गर्नु भो भने निद्रा लाग्ने सम्भावना बढी हुन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *