अष्टेलियाका महावाणिज्यदूत कानूनी उपचारमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ अष्ट्रेलियाका लागि अवैतानिक नेपाली महावाणिज्यदूत चन्द्र योञ्जनले आफूविरुद्ध आएका समाचारको विषयमा कानूनी उपचार खोज्ने भएका छन् । उनले आफूविरुद्ध आएका समाचारको खण्डन गर्दै कानूनी उपचारमा गएको जानकारी दिएका छन् ।
योञ्जनले विज्ञप्ति जारी गर्दै अष्ट्रेलियाको मेलबर्नस्थित नेपाली महावाणिज्यदूतलाई जोडेर भ्रामक समाचारहरु आएका भनी आपत्ति प्रकट गरेका छन् । उनले केही अराजक र आपराधिक मनोवृत्तिका व्यक्तिहरूले तथ्यहीन, भ्रामक र चरित्रहत्या गर्ने नियतका साथ समाचार बनाई विभिन्न सञ्चारमाध्यममा सम्प्रेषण गरेको दाबी गरेका छन् । उनले ती समाचारको खण्डन गरेका छन् । योञ्जनले भनेका छन्, ‘फेक इमेल आइडी बनाएर पठाइएको यस्तो इमेल र सामग्री झुटो भएको थाहा पाएपछि सञ्चारमाध्यमबाट प्रकाशित नभएको व्यहोरा जानकारी गराउन चाहन्छौं ।’ ‘यस कार्यालयबाट कारबाहीमा परेका तथा आफ्नो स्वार्थपूर्ति नभएपछि जिम्मेवार पदमा अनुकूलका व्यक्ति राखेर आफ्नो स्वार्थ पूरा गर्ने नियतका साथ कपोलकल्पित र आपराधिक कार्य भइरहेको जानकारी गराउन चाहन्छौं’, योञ्जनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ‘यस सम्बन्धमा अष्ट्रेलियन फेडेरल पुलिस, भिक्टोरिया पुलिस लगायत अन्य आधिकारिक संघसंस्थासँग सहकार्य गरी हाम्रो कानूनी समूहले आवश्यक कारबाही अगाडि बढाएको छ’, भनी योञ्जनले जानकारी दिएका छन् ।
उनले ‘सत्यतथ्य नबुझी यस्ता भ्रामक कुरा सञ्चारमाध्यमहरूमा प्रकाशित नगरिदिनुहुन सञ्चारकर्मी मित्रहरूलाई हाम्रो विनम्र अनुरोध छ’, भन्दै योञ्जनले ‘अष्ट्रेलिया जस्तो नेपालीहरूको बाहुल्यता तीव्र गतिमा बढिरहेको नेपाली समाजलाई सही मार्गमा डो¥याउनु आजको आवश्यकता हो’ भनेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *