निर्वाचन तालिका यस्तो छ

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ / प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणासँगै निर्वाचनको तालिकाको विषयमा सर्वत्र चासो छाएको छ । यसका लागि प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन असोज २३ मा हुने भएको छ ।
यसैगरी असोज २६ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । त्यसैका आधारमा असोज २८ गतेदेखि मतपत्र छपाइ शुरु हुनेछ । असोज २७ देखि मंसिर १ सम्म प्रचारप्रसार गर्न पाइने कार्यक्रम छ । सोही समय असोज २८ गतेदेखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको पनि आयोगले जनाएको छ ।
यस्तै असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्ति गरिनेछ । असोज २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भनिएको छ । मङ्सिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ । मङ्सिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुने कार्यक्रम आयोगले सार्वजनिक गरेको छ ।
मङ्सिर ४ गतेदेखि समानुपातिक र प्रत्यक्षतर्फको मतगणना हुनेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *