मधुमेहका बिरामी र फलफूलको अवस्था

Nayabimarsha (Weekly Newspaper from Nepal)

मधुमेहका बिरामीले केरासहितका केही फलफूलहरू खान नहुने चिकित्सकहरूले जनाएका छन् । मधुमेहका बिरामीले ग्लाइसेमिक इण्डेक्स र ग्लाइसेमिक लोडलाई ध्यान दिएर फलफूल सेवन गर्नुपर्ने चिकित्सकहरूको भनाइ छ । ग्लाइसेमिक लोड भनेको फलफूलमा रहेको सुगरको मात्र कति छिटो रगतमा घुलमिल हुन्छ र कति सुगर देखिन्छ भन्ने हो ।

फलफूल खाँदा निकै सावधान हुनुपर्छ । मधुमेहका बिरामीले केरा, आँप, अंगुर, भुइँकटहर खान नहुने चिकित्सकहरूको भनाइ छ । धेरै पाकेको केरा खान नहुने सुझाव छ । अंगुर मधुमेहका बिरामीले खानै नहुने सुझाव छ । यी फलफूलहरूमा सुगरको मात्रा धेरै हुने भएकाले बिरामीहरूलाई समस्या हुन सक्ने जनाइएको छ ।

खानै परे एक दिनमा एउटा मात्र फलफूल खाने सुझाव छ । चिकित्सकहरूले एकै पटक धेरै फलफूल खान नहुने सल्लाह दिएका छन् । बरु मधुमेहका बिरामीले किबी, बदाम, काजु, ओखर, एभोकाडो, मेवा, बेरी, स्याउ, सुन्तला, बेलौती, चेरी, नस्पाती, आरुबखडा, आरु, जामुन लगायतका फलफूल खान सकिने जनाइएको छ । चिकित्सकहरूले फलफूललाई जुस बनाएर नखान सचेत गराएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *