‘मिस युनिभर्स नेपाल’ मा २२ अन्तिम प्रतिस्पर्धी

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं / उमंग क्रियसनको आयोजनामा ‘एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३’ का २२ जना अन्तिम प्रतिस्पर्धीहरू सार्वजनिक गरिएका छन् । पाँच सयजना प्रतिस्पर्धीहरूमध्ये २२ जना अन्तिम प्रतिस्पर्धीहरूका रुपमा सार्वजनिक गरिएका हुन् ।
सुन्दरीहरूको सहभागीता रहेको सो प्रतिस्पर्धाबाट २२ जनालाई अन्तिम प्रतिस्पर्धाको मौका दिइएको हो । यसरी छनौटमा परेकामध्ये दुइजना विवाहित महिला र एकजना ट्रान्स महिलाको समेत सहभागिता रहेको बताइएकोछ । यो प्रतियोगितको अन्तिम प्रतिस्पर्धा भने भदौँ २३ गते गोदाबरीको ‘कन्फेन्स सेन्टर’ मा हुने उमंग क्रियसनका म्यानेजिङ डाइरेक्टर उद्धव अधिकारीले जानकारी दिए ।
प्रतिस्पर्धीहरूलाई प्रशान्त ताम्राकारको कोरियोग्राफिमा प्रस्तुत गरिएको थियो । प्रतिस्पर्धीहरूमा प्राप्ति खड्का, सबिना चौधरी, च्यानल श्रेष्ठ, प्रेमा लामगडे, डा. पूजा भगत, रोजिना काफ्ले, गरिमा घिमिरे, पलिष्ट बज्राचार्य, डा. अमिषा बस्नेत, संस्कृति क्षत्री कार्की, तृष्णा बाँनिया, बुद्धसार सुनार, पूजा पौडेल, जेन दीपिका ग्यारेट, मनिता पासवान, सुष्मा आरएल शाही, अभिलाषा लम्साल, एलिस्टा सुवेदी, मौसमी श्रेष्ठको सहभागीता रहेको थियो ।
२२ जना अन्तिम प्रतिस्पर्धीहरूमध्येबाट विजेताले नोभेम्बरमा एलसाल्वा डोरमा हुने हुने मिस युनिभर्समा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *