नेम्वाङका छोराले गर्दा झलनाथ तनावमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ नेकपा (एमाले) का उपाध्यक्ष रहेको तथा प्रतिनिधिसभाको सांसद रहेको अवस्थामा दिवंगत हुन पुगेका सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङका कारण पूर्वप्रधानमन्त्री झलनाथ खनाल तनावमा परेका छन् । नेम्वाङको रिक्तस्थानमा चुनावमा लड्ने तयारी गरेका खनाललाई नेम्वाङका छोराले आफू राजनीतिमा आउने संकेत गरेका कारण तनाव भएको हो ।
सुवासचन्द्र नेम्वाङको स्मृतिमा नेकपा (एमाले) ले मंगलबार इलाम बजारमा आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै सुहाङले आफू पिताको सपनालाई पूरा गर्न राजनीतिमा आउन सक्ने संकेत गरेका छन् । पछिल्लो राजनैतिक घटनाक्रमसँगै बुवा चिन्तित बनिरहेको उल्लेख गर्दै जीवनभर आफ्नो बुवाले निष्ठाको राजनीति गरेको उनले दाबी गरे ।
त्यसो त इलाम क्षेत्र नं.२ बाट झिनो मतान्तरले सांसदमा जितेका सुभाषचन्द्र नेम्वाङको निधनले सो क्षेत्रमा आगामी छ महिनाभित्रमा उपनिर्वाचन हुने कानूनी व्यवस्था छ । त्यसरी हुने निर्वाचनमा को को उम्मेदवार बन्ने भन्ने स्पष्ट भइ नसकेको अवस्थामा हालै सम्पन्न निर्वाचनमा उत्तानो चित खाएका खनाल पुनः निर्वाचनमा होमिने तयारीमा लागेका बताइएको छ । खनालले उपनिर्वाचनका लागि आफू हालको सत्ता गठबन्धनबाट टिकट पाउनेमा आशावादी रहेको अवस्थामा सुहाङ नेम्वाङले राजनीतिमा आउने संकेत गरेपछि सो क्षेत्रमा एमालेले उनै सुहाङलाई उम्मेदवार बनाउने संभावना रहेको समाचार स्रोतले बताएको छ ।
सत्ता गठबन्धनबाट टिकट नपाएको खण्डमा खनाल एमालेमा प्रवेश गरेर भए पनि उक्त निर्वाचनमा उठ्न चाहेको समाचार स्रोतले दाबी गरेको छ । गत निर्वाचनमा उम्मेदवार बनेका पूर्व प्रधानमन्त्रीहरुमध्ये खनाल मात्र पराजित भएका थिए ।
उता, गत निर्वाचनमा नेम्वाङ निर्वाचित बन्दा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार भने झिनो मतान्तरले पराजित भएका थिए । सोही कारण उनी नै फेरि पनि उम्मेदवार बन्ने चर्चा पनि चल्न थालेको छ । यसैगरी गत निर्वाचनमा सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ खासै महत्व नपाएको अवस्थामा हाल आएर उक्त पार्टीले पनि उम्मेदवारी दिने तयारी गरिरहेको स्रोतको कथन छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *