कृषि तथा वनका विद्यार्थीहरु पुरस्कृत

Nayabimarsha (Weekly Newspaper from Nepal)

पोखरा/ राष्ट्रिय विज्ञान दिवसको अवसरमा ‘विज्ञान साक्षरता र उद्ययमशीलता, सबल अर्थतन्त्रको आधारशिला’ नाराका साथ कृषि तथा वन विज्ञान विश्वविद्यालयले आइतवार एक कार्यक्रम गरेको छ ।
कार्यक्रममा स्नातक र स्नातकोत्तरतर्फ फरक फरक विधाको तर्फबाट दुई विद्यार्थीलाई पुरस्कृत गरिएको छ । निचोड प्रतियोगिता २०२३ अन्तर्गत अनुसन्धान तथा प्रसार निर्देशानालयको आयोजनामा भएको सो कार्यक्रममा रु.३० हजार राशिको पुरस्कार अस्मित न्यौपाने तथा रु.५० राशिको पुरस्कार गंगा क्षत्रीले पाए । बोस्टन इन्टरनेशनल तथा अंकुरम एकाडमीको सहयोगमा नयन, पोखरा विश्वविद्यालय, जिपास्ट, कृषि तथा वन विज्ञान विश्वविद्यालय लगायतका संस्थाहरुको संयुक्त प्रयासमा गत वर्ष देखि यस्तो कार्यक्रम गरिँदै आएको हो ।
यस प्रतियोगितमा दुई सयभन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । तीन मिनेटको भिडियो आह्वान भई दुई महिनाको विभिन्न चरणको परीक्षण पार भई प्रस्तुत दुइ तहका ५-५ जनाको प्रस्तुतिबीच न्यौपाने र क्षत्री पुरस्कृत भएका हुन् । पुरस्कृत विद्यार्थीलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयका पूर्व रजिष्ट्रार प्रा. सूर्यकान्त घिमिरेले पुरस्कार हस्तान्तरण गरे ।
कार्यक्रममा गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशक डा. ढाकाराम भण्डारीले नेपालमा अध्ययन र अनुसन्धानमा जोड दिन शुरु भएको तर प्रशासनिक जटिलताले हामी धेरै पछि परेको गुनासो गरे । उनले त्यसलाई सहज बनाउन प्राविधिकहरुले नै मेहनत गर्नुपर्ने बताए । कार्यक्रममा बोस्टन एकाडमीका आनन्दबहादुर चन्दले कृषि तथा वन विज्ञान विश्वविद्यालय र बोस्टन एकाडमीले केही वर्षदेखि उद्यमशिलता विकासमा संयुक्त रुपमा उल्लेख्य काम गरिरहेको र त्यसमा अझ प्रभावकारी रुपमा अघि बढ्न केहि थप प्रयास भइरहेको कुरामा जोड दिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *