उवासंघ काठमाडौंमा दिनेश श्रेष्ठ

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले अध्यक्षमा दिनेश श्रेष्ठलाई पाएको छ । उनी निर्विरोध निर्वाचित भएका छन् । सोमबार शुरु संघको निर्वाचन प्रक्रिया अन्तर्गतको मनोनयनमा अध्यक्षसहित सबै पद निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
यसैगरी संघको महासचिवमा दुर्गाराज श्रेष्ठ निर्विरोध निर्वाचित भए । उपाध्यक्षमा रमानाथ श्रेष्ठ, राजेन्द्र शेरचन र जय सिवाकोटी निर्विरोध चयन भए । संघको सचिवमा सुष्मा महरा, कोषाध्यक्षमा प्रदीपमान प्रधान र सह-कोषाध्यक्षमा नानीराज घिमिरे निर्विरोध निर्वाचित भए ।
यस्तै, संघको कार्यसमिति सदस्यहरुमा सुरेन्द्रभक्त श्रेष्ठ, सागर शाक्य, प्रेमहरि मैनाली, कुष्ण प्रधान, राजेन्द्र संग्रौला, दीपक भण्डारी, शिशिर गौतम, महेन्द्र गोयल, सदीष श्रेष्ठ र उज्ज्वलजंग पराक्रम शाह निर्विरोध निर्वाचित भएको पनि निर्वाचन समितिले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *