पशुबलिको विरोधमा र्‍याली

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/दशैंको आगमन नजिकिँदै गर्दा प्रकृतिप्रेमी तथा आध्यात्मिक संस्थाहरूले काठमाडौँमा पशुबलिविरुद्ध र्‍याली निकालेका छन् । विगत दुई दशकयता ‘पशुबलि निषेध चेतना अभियान’ ले दशैंअघिको अवस्थामा पशुहिंसा निषेधको आव्हानसहित जागरण ¥याली निकाल्ने गरेको अवस्थामा यो पटक पनि निकालेका हुन् ।
नेपाल शाकाहारी संघ र नेपाल विशुद्ध शाकाहारी (भिगन) संघको सहभागितामा र्‍याली निकाल्ने गरिएको हो । बौद्धमार्गी, ओशोपन्थी, कबिरपन्थी, वैश्णव, प्रणामी, ब्रम्हकुमारी संस्था, साइपन्थी, ‘सुप्रिम मास्टर्समार्गी’, नास्तिकजन तथा शाकाहारको पक्षमा आवाज गर्ने आध्यात्मिक संस्थाहरूको र्‍यालीमा सहभागिता रहेको बताइएको छ ।
¥यालीको समापनमा अभियानका मुख्य अभियन्ता तथा संस्कृतिविद डा. गोविन्द टण्डनले वातावरण रक्षादेखि मानवस्वास्थ्यको लागिसमेत पशुजन्य भोजन कम गर्नुपर्ने धारणा राखे । उनले ‘मन्दिरमा होस् या वधशालामा, कतै पनि पशु नमारीकन पनि मानवको जीवन चल्न सम्भव छ । अबको मानव जाति त्यसतर्फ लाग्नुपर्छ ।’ भन्दै त्यसतर्फ जनतामा चेतना जाग्नुपर्ने धारणा राखे । यसैगरी शाकाहारी संघका अध्यक्ष कृष्ण गुरुङले सबै प्राणीलाई बाँच्ने रहर हुने भन्दै आजको युगमा पशुबलिमात्रै नभएर पशुजन्य भोजन पनि अनुचित भएको विचार व्यक्त गरे । उनले पृथ्वी सबैको साझा घर हो भन्दे हामीले पशु र प्रकृतिको अति दोहन गरेकै कारण आज जलवायु परिवर्तनलगायत समस्या निम्तेको भन्ने धारणा राखे ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *