राजदूत सुवेदी इटालीमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले इटालीका राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
त्यसलाई ग्रहण गर्दै राष्ट्रपति सेर्गियो माटारेलाले इटाली र नेपालबीचको सुमधुर सम्बन्धबारे चर्चा गरेका थिए । उनले दुवै मुलुकबीच आर्थिक तथा जनस्तरको सम्बन्ध विस्तारमा जोड दिएको भनी जेनेभास्थित नेपाली राजदूतावासले जनाएको छ ।
सो अवसरमा राजदूत सुवेदीले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट राष्ट्रपति माटारेलाको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै इटालीका जनताको निरन्तर प्रगतिको कामना गरेका थिए । उनले नेपालको राजनीतिक, सामाजिक र आर्थिक विकासबारे जानकारी दिँदै वर्तमान सरकारका प्राथमिकता सम्बन्धमा राष्ट्रपतिलाई अवगत गराएका बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *