श्रेष्ठले लायन्स दिए उम्मेदवारी

Nayabimarsha (Weekly Newspaper from Nepal)

दोलखा/ लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एल’ को लायन वर्ष २०२४–२५ का लागि सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदमा उम्मेदवारी परेको छ । सो पदका लागि दोलखाका समाजसेवी एवं व्यवसायी मनकृष्ण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।
यहि बैशाख २२ गते पोखरामा आयोजना हुने डिष्ट्रिक्ट ३२५ ‘एल’ को दोस्रो महाधिवेशनमा उनी चुनिने बताइएको छ । श्रेष्ठलाई उनको मातृ क्लब लायन्स क्लब अफ काठमाडौं गौरीशंकरले उम्मेदवार बनाएपछि त्यस्तो अवस्था आएको हो । डिष्ट्रिक्ट गभर्नर नोमिनेसन कमिटीका अध्यक्ष एवं लायन्सका पूर्व डिष्ट्रिक्ट गभर्नर गौतममान श्रेष्ठलाई उनले उम्मेदवारी दरखास्त हस्तान्तरण गरेका छन् ।
भीमेश्वर–३, दोलखाका स्थायी बासिन्दा श्रेष्ठ लायन्स अभियानमा एक दशकदेखि विभिन्न पदमा क्रियाशील रहँदै आएका बताइएको छ । लायन्स इन्टरनेसनलको विधि र विधान अनुसार श्रेष्ठले लायन्स क्लब अफ काठमाडौं गौरीशंकरमा क्लब प्रेसिडेन्ट र साविकको डिष्ट्रिक्ट ३२५ ‘बी वन’ मा जोन चेयरपर्सन, डिपार्टमेन्ट अफिसर, पिआरओ र क्लष्टर चीफको रुपमा जिम्मेवारी निर्वाह गरिसकेका बताइएको छ ।
साविकको डिष्ट्रिक्ट ३२५ ‘बी वन’ बाट ‘रिडिष्ट्रिक्टिङ’ पछिको डिष्ट्रिक्ट ३२५ ‘एल’ मा पि. आर. ओ. इन चीफ र डिपार्टमेन्ट चीफका रुपमा तोकिएका जिम्मेवारीहरु सफलतापूवर्क सम्पन्न गरेको श्रेष्ठसँग अनुभव छ ।
लायन्स इन्टरनेसनलबाट विभिन्न पदकहरु, अन्तर्राष्ट्रियस्तरका तालिमहरुमा सहभागिता र वर्ष लायन सदस्यका रुपमा धेरै पटक पुरस्कृत श्रेष्ठ पुरस्कृत भएका बताइएको छ । मानवीय सेवा, सामुदायिक तथा सामाजिक सेवामा अभिरुची भएका श्रेष्ठ ई–कमर्शको क्षेत्रमा समेत दख्खल राख्छन् । ग्रीन बिजिनेस हाउस प्रा. लि, ग्रीन टेक्नोलोजी प्रा. लि. र सुप्र आईटी प्रा.लि.का प्रबन्ध निर्देशक रहेका श्रेष्ठ सुकुटेमा रहेको ह्वाइट लीफ रिसोर्ट र इष्टकोष्ट होलिडे होटल प्रा. लि.का निर्देशक हुन् । यस्तै, सिन्धु विकास बैंक लि, ग्लोबल टेलिभिजन, ओमेगा इनर्जी डेभेलपमेन्ट प्रा.लि. र हाम्रो संगोल बिजिनेस प्रा.लि.का प्रबद्र्धकका रुपमा श्रेष्ठ रहेका छन् ।
डिष्ट्रिक्ट ३२५ ‘एल’ का पूर्व डिष्ट्रिक्ट गभर्नर मणिश्री रत्न बज्राचार्य, फस्ट डिष्ट्रिक्ट भाइस गर्भनर सुमन भट्टलगायत लायन लिडरहरुले विजयका निम्ति श्रेष्ठलाई शुभकामना दिएका छन् । नेपालमा लायन्स इन्टरनेसनलका ४ वटा डिष्ट्रिक्ट रहेकोमा दुई वर्षअघि ‘रिडिष्ट्रिक्टिङ’ पछिको डिष्ट्रिक्ट ३२५ अन्तर्गत १५ वटा डिष्ट्रिक्टहरु रहेका छन् । यस्तै, यी सबै डिष्ट्रिक्टहरु समावेश भएको एउटा मल्टिपल डिष्ट्रिक्ट रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *