सञ्चारमन्त्रीलाई थुतुनोले पिरल्यो

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ थुतुनोले गर्दा विवादमा तालिएका छन् । बुढापाकाहरुले त्यसै भनेका होइनन् थुतुनो नजोगाए दुःख पाइन्छ भनेर ।
गत भाद्र १५ गते मन्त्री गुरुङले पोखरामा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएका थिए । पोखरामा पत्रकारहरुले सोधेको प्रश्नको उत्तर दिने क्रममा संघीय प्रहरी ऐन ल्याउन प्रहरी महानिरीक्षकले अस्वीकार गर्दै आएको भन्दै आइजीको जिब्रो थुत्नुपर्ने बताएका थिए ।

त्यही बोलीले गर्दा मन्त्री गुरुङलाई बर्खास्त गर्नुपर्ने माग उठेको छ भने पूर्व प्रहरी संगठन प्रमुख मञ्चले पनि माफी माग्नुपर्ने भन्दै विज्ञप्ति जारी गरेको छ । यता, मन्त्री गुरुङलाई प्रधानमन्त्री ओलीले समेत सचेत गराएका छन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद शंकर भण्डारीले मन्त्रीलाई कारबाही गर्न माग गरेका छन् । मन्त्रीजस्तो व्यक्तिले बोल्दा होस नपु¥यापछि शनिशंकटको दशाले घेरेको जानकारहरुले बताएका छन् ।

सांसद भण्डारीले जारी गरेको विज्ञप्तिमा शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनको प्रमुखलाई अपशब्द व्यक्त भएकोमा घोर भत्र्सना गर्दछु र बर्खास्त गर्न आब्हान गर्दछु भनिएको छ । साथै, समाजमा वितृष्णा फैलाउने र पार्टी–पार्टीबीच सम्बन्ध बिगार्ने कार्य नगर्न भनेका छन् भने मञ्चले जारी गरेको विज्ञप्तिमा बहाल तथा पूर्व सुरक्षाकर्मीको मानमर्दन हुने यस प्रकृतिको घटनाको सम्बन्धमा प्रधानमन्त्रीले नोटिसमा लिएर कारबाही गर्न अनुरोध गरिएको छ । मन्त्री गुरुङले प्रहरी संगठन र प्रहरीमहानिरीक्षकसँग क्षमायाचना गर्न पनि मञ्चले माग गरेको छ ।

यसैगरी राज्यव्यवस्था तथा सुशासन समितिका सभापति एवं कांग्रेस सांसद रामहरि खतिवडाले पनि मन्त्री गुरूङको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । सभापति खतिवडाले मन्त्रीकै जिब्रोमाथि ‘ब्रेक’ लगाई दम्भ नदेखाउन समेत सुझाएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *