ललितपुर/ मंसिर १६ मा हुने भनिएको स्थानीय तहका विभिन्न पदहरुको उपनिर्वाचनका लागि नेताहरुलाई नेपाली कांग्रेसले खटाएको छ । कांग्रेसको उपनिर्वाचन केन्द्रीय संयोजन समितिले उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारहरुलाई विजयी नेताहरुलाई खटाउने निर्णय गरेको हो । उनीहरुलाई विजयी बनाउन प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक, समन्वय र सहजीकरण गर्न विभिन्न नेताहरुलाई जिम्मेवारी दिइएको कांग्रेसको केन्द्रीय कार्यालयले जनाएको छ ।
महामन्त्री विश्वप्रकाश शर्माको अध्यक्षतामा ‘स्थानीय तह उपनिर्वाचन—०८१ केन्द्रीय संयोजन समिति’ बनेको छ । जिम्मेदारी पाउने नेताहरुमा महालक्ष्मी उपाध्याय ‘डिना’ लाई बागमती प्रदेश र भीष्मराज आङ्दम्वेलाई कोशी प्रदेश रहेका छन् । यसैगरी महेन्द्र यादवलाई मधेश प्रदेश, जीवन परियारलाई कर्णाली प्रदेश एवं गण्डकी प्रदेशको जिम्मेदारी दिइएको छ । नारायणप्रसाद (एन.पी.) साउदलाई सुदूरपश्चिम प्रदेश, पुष्पा भुसाललाई लुम्बिनी प्रदेश एवं निर्वाचन आयोग समन्वय, मीन विश्वकर्मालाई प्रचार प्रसार संयोजन, मधु आचार्यलाई स्थानीय तह समन्वय र नानु बाँस्तोलालाई सचिवालय व्यवस्थापनको जिम्मेवारी दिइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
बैठकले उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन सम्पूर्ण एकता, सालिनता र सकृयताका साथ अघि बढ्ने निर्णय पनि गरेको पौडेलले जानकारी दिएका छन् ।
उपनिर्वाचनलाई खटिए कांग्रेसी नेताहरु
Facebook Comments Box