पद र पैसा भन्दा नैतिकता भएका काँग्रेसी नेताहरु

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ त्रिभुवन विमानस्थल अध्ययन कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएर भिजिट भिजा प्रकरणमा अनुसन्धान र बयान शुरु गरिसकेको छ ।
भिजिट भिजा सेटिङ्ग प्रकरणले सदनदेखि सडकसम्म र चिया पसलदेखि भट्टी पसलसम्म स्थान पाएको छ । तात्कालिन प्रमुख सुरेश पन्थीलाई हटाएर गृहमन्त्री रमेश लेखकले विवादास्पद पृष्ठभूमि भए पनि कट्टर काँग्रेसी भट्टराईलाई गत २०८१ सालको विजयादशमी पछि पठाएका थिए । भिजिट भिजा र मानव तस्करी प्रकरणको बाछिटाले गृहमन्त्री लेखकलाई जोडेपछि राजनीतिमा नैतिकताका आधारमा विगतको मुद्दालाई आधार बनाएर राजीनामा मागिएको छ ।
भिजिट भिजा प्रकरणमा गृहमन्त्री दोषी भए नभएको अनुसन्धानले बताउला तर नेपालको सत्ता राजनीतिमा, काँग्रेसका मन्त्रीहरुले मात्र नभै पञ्चायती, काँग्रेस, एमाले र माओवादी केन्द्रका मन्त्रीहरुले आफू विवादमा परेपछि नैतिकताका आधारमा राजीनामा दिएका छन् भने कतिपय वर्खास्तमा परेका छन् । नैतिकताका आधारमा पद र प्रतिष्ठालाई मानाङ्क मानेर राजीनामा दिने पञ्चायती प्रधानमन्त्री कीर्तिनिधि विष्ट –सिंहदरबार आगलागी २०३१), केशरबहादुर विष्ट (रंगशाला काण्ड २०४५ सालमा) राजीनामा दिएका थिए । त्यसपछि कृषि मन्त्री हुँदा रासायनिक मल खरिद प्रक्रियामा काँग्रेसबाट कृषि मन्त्री बनेकी शैलजा आचार्य, २०५३ साल साउन १६ गते तात्कालिन काँग्रेसका अर्थमन्त्री डा. रामशरण महत र त्यसपछि काँग्रेसका अर्थमन्त्री महेश आचार्यले गभर्नर नियुक्तिमा असन्तुष्टि जनाउँदै राजीनामा दिए ।
राजनीतिलाई इमान र निष्ठाको कसीमा जोड्ने र चोखो बन्ने प्रयास गरेका थिए । त्यसपछि पनि २०७८ सालमा माओवादीका अर्थमन्त्री जनार्दन शर्मा, नेकपा एमालेका तात्कालिन २०७४ का सञ्चार तथा सूचना प्राविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा (सेक्युरिटी प्रेस खरिद प्रकरण) र तात्कालिन कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले जिब्रोको ख्याल नगर्दा राजीनामा गर्न बाध्य भएको नजिर स्थापित भै सकेको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *