काठमाडौँ/ अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’ निर्माण हुने भएको छ । सुशील पौडेलको लेखन तथा वसन्त निरौलाको निर्देशनमा उक्त चलचित्र तयार गर्न लागिएको हो । उक्त चलचित्रको हालै मुहूर्त गरियो ।
चलचित्रको नाम धार्मिक सुनिए पनि कथा सामाजिक विषयबस्तुमा रहेको जानकारी दिइएको छ । निर्देशक निरौलाले पाँच जना दाजुभाइको कथालाई लिएर चलचित्र तयार गरिएको जानकारी दिनु भयो । यसले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि प्रवाह गर्ने बताइएको छ ।
उहाँले चलचित्रमा अभिनेता आचार्यसँगै सीताराम कट्टेल (धुर्मुस), जितु नेपाल र सागर लम्साल (बले), दीपाश्री निरौला, रजनी गुरुङलगायतको अभिनय रहने जानकारी दिनुभयो । छायाङ्कन अगाडि अन्य कलाकारको परिचय मिडियामा गराउने निर्देशक निरौलाले बताउनुभयो ।
कालीरानी फिल्म्सको प्रस्तुतिमा बन्ने चलचित्रका निर्माता नवीन श्रेष्ठ हुनुहुन्छ । ‘पाँच पाण्डव’ ले हिन्दू महाकाव्य महाभारतका केन्द्रीय पात्र पाँच पाण्डवलाई आधुनिकता राखेर चलचित्रमा प्रस्तुत गरिने लेखक पौडेलले जानकारी दिनुभएको छ ।
‘पाँच पाण्डव’ निर्माण गरिने
Facebook Comments Box
