कांग्रेसका ‘सांसद’ पनि पुनस्र्थापनाको पक्षमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ प्रतिनिधिसभाको पुनस्र्थापना माग गर्दै नेपाली कांग्रेसका थप ६५ जना निवर्तमान सांसदहरुले पूरक रिट दायर गरेका छन् । उनीहरुसहति अन्य दलका तीनसमेत गरी ६८ सांसदले गरेको हस्ताक्षरसहितको पूरक रिटमा बुधबारको लागि पेसी तोकिएको थियो ।
कांग्रेसका ८ सांसदले मङ्सिर २३ गते रिट दर्ता गरेका थिए । त्यसमा थप कांग्रेसका ६५ सांसद र अन्यको समेत हस्ताक्षर गरी खम्बबहादुर खातीमार्पmत पूरक रिट दायर गरिएको थियो ।
कांग्रेसबाहेक अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले पनि यो रिटका लागि हस्ताक्षर गरी बुझाउनुभएको थियो । जनता समाजवादी पार्टीकी हसिना खान, जनमत पार्टीकी गोमा लाभ सापकोटा र स्वतन्त्र सांसद योगेन्द्र मण्डलले पनि हस्ताक्षर गरी बुझाउनुभएको हो ।
त्यसो त नेकपा (एमाले) का ७५ सांसदहरूले यसअघि नै पुनस्र्थापनाको माग गर्दै सर्वोच्च अदालतमा हस्ताक्षर बुझाई सक्नुभएको थियो । यसैगरी कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ तथा सांसदहरू दीपक खड्का, जावेदा खातुन जागा, सीता राना, आशा बि.क., शान्ति बि.क., नागिना यादवले रिट दायर गरिसक्नुभएको थियो । एमालेका सांसदहरुले गत मङ्सिर १० गते तथा कांग्रेसका सांसदहरूले मङ्सिर २३ गते रिट दर्ता गराउनुभएको थियो ।
पछिल्लो पूरक रिटपछि पुनस्र्थापनाको माग गर्ने सांसदहरुको बहुमत पुगेको अवस्था छ । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसदको आवश्यक पर्छ । अहिले हस्ताक्षर बुझाउने २ दलका सांसदको संख्या मात्र पनि १४३ पुगेको अवस्था छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *