बंगलादेशका प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री

Nayabimarsha (Weekly Newspaper from Nepal)

बंगलादेश/ बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानसँग नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्माले भेटवार्ता गर्नु भएको छ । प्रधानमन्त्री रहमानले शपथग्रहणमा सहभागी शर्मा र उहाँका बीच भेटवार्ता भएको हो । मंगलबारको शपथग्रहण समारोहमा शर्मा सहभागी हुनु भएको थियो ।
बंगलादेशमा यसै साता सम्पन्न निर्वाचनपछि नयाँ सरकार गठन भएको हो । विद्यार्थी विद्रोहको करिब डेढ वर्षपछि चुनाव सम्पन्न भएको हो । भेटका क्रममा प्रधानमन्त्री रहमानले नेपालको आसन्न निर्वाचनप्रति शुभकामना व्यक्त गरेको भनी यहाँस्थित नेपालको राजदूतावासले जनाएको छ ।
बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष रहमानले मंगलबार देशको प्रधानमन्त्रीका रूपमा शपथ लिनु भएको थियो । उक्त शपथग्रहण कार्यक्रममा अतिथिको रूपमा सहभागी हुन परराष्ट्रमन्त्री शर्मा सोमबार ढाका पुग्नु भएको थियो । (तस्बिरः नेपाली राजदूतावास, ढाका)

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *