ललितपुर/ नेपाली काँग्रेस यतिबेला शक्तिसंघर्षको विवादले चरम उत्कर्षमा पुगेको छ । गत २०८२ पुसको अन्तिम साता भएको विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई पुरानो संस्थापन (हात संस्थापन इतर) पक्षले स्वीकार गर्न नसक्दा विवादले पार्टी नै विभाजनसम्म पुग्ने त होइन भन्ने चर्चा चल्न थालेको छ ।
आफ्नो पक्षलाई बलियो बनाउन र एकतामा जोड दिन भन्दै इतर समूहले काठमाडौंको अनामनगरमा सम्पर्क कार्यालय खोलेको छ । इतर समूहमा काँग्रेसको देउवा पक्षधरका नेताहरुको नेतृत्व पूर्व उपसभापति पूर्णबहादुर खड्काले गरेका छन् । आगामी १५ औ महाधिवेशनको निष्पक्षताका लागि भनिए पनि यो समूहले ६०÷४० को पुरानो भागवण्डालाई कायमै राखेर गुटलाई जिवित राख्न खोजेको आरोप लागेको छ ।
यसैगरी संस्थापन पक्ष महाधिवेशनको तयारीमा लाग्दा इतर पक्ष कृयाशील सदस्यता अधावधिक नगरी १४ औ महाधिवेशनलाई नै मान्यता दिएर अगाडि बढ्नुपर्ने भन्ने पक्षमा देखिएको बताइएको छ । यस्तै, सो हुन नसके छुट्टै महाधिवेशन गरेर पार्टी विभाजन गर्ने तर्फ अगाडि बढेको काँग्रेस श्रोतले जानकारी दिएको छ । १५ औं महाधिवेशनका लागि कृयाशील सदस्यता नवीकरण गर्दा आफूहरु बढारिन सक्ने डरले कोइराला पक्ष पनि कृयाशील सदस्यता अधावधिक नगरी १४ औंलाई नै कायम गर्नुपर्ने पक्षमा देखिएको छ । काँग्रेस संस्थापन पक्ष र इतरपक्षको गतिविधिले पार्टी विभाजनको डिलमा पुगिसकेको भनी नेता खड्काले भन्ने गरेका छन् ।
इतर पक्षले पार्टी विभाजन गरेर शंख चुनावचिन्ह लिने तयारीमा जुटिसकेको जानकारहरुले बताएका छन् । खासगरी काँग्रेस संगठित पुस्तान्तरण र रुपान्तरण भएर अघि बढेको देख्न नचाहने पदका मोहका व्यक्तिहरु इतर पक्षमा कृयाशील रहेको श्रोतले जानकारी दिएको छ । इतर समूहमा पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला प्रकाशशरण महत, मोहनबहादुर बस्नेत, रामहरि खतिवडा, रमेश लेखक, एन.पी. सावद लगायतका पुराना नेताहरु आवद्ध रहेका छन् ।
कांग्रेसको आधिकारिक नेतृत्वमा गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, गुरुराज घिमिरे लगायतका युवापुस्ता रहेका छन् । पार्टी सभापति थापाले सबैलाई समेट्ने गरी केन्द्रीय कार्य समिति विस्तार गर्ने र एकताका लागि भन्दै जपेको माला सफल बन्न नसक्दा कार्यकर्ताहरु रनभूल्लमा परेको बताइएको छ ।
काँग्रेस भित्रको विमति के हो ?
Facebook Comments Box
