काठमाडौं/ पूर्वाधार विकास मन्त्री सुनिल लम्साल विवादको घेरामा तानिएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह -बालेन) नेतृत्वको सरकारमा क्वीक रेसपोन्स टिम का एक लम्साललाई यतिबेला आफ्नै थुतुनोले भाइरल बनाएको हो ।
गत जेठ ३१ ग्ते नागढुंगा–मुग्लिन सडक योजना निर्माणको काम बिजुलीको पोल नसारेर सडक निर्माणको काम अघि बढ्न नसेको भन्दै निरीक्षणका क्रममा पोल सार्न जिम्मा लिएको कन्ट्रक्याटरको खुट्टा भाँच्न निर्देशन दिएको स्रोतले बताएको छ । जिम्मेवार पदमा बसेको व्यक्तिले जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई अगाडि राखेर गैरजिम्मेवारी रुपमा ठेकेदारको खुट्टा भाँच्नु भन्दै निर्देशन दिएपछि मन्त्री लम्सालको सर्वत्र आलोचना भैरहेको छ ।
यसअघि रास्वपाका वरिष्ठ नेताको हैसियतमा चुनावी सभालाई सम्बोधन गर्दै हालका प्रधानमन्त्री शाहले समयमा सडक निर्माण नगर्ने ठेकेदारलाई रुखमा बाँधेर हुन्छ कि खोरमा थुनेर हुन्छ समयमा सडक बनाउने बताएका थिए । अहिले प्रधानमन्त्रीकै शैलीमा पूर्वाधार विकास मन्त्री उत्रेपछि निर्माण व्यवसायीहरु आतंकित बनेको श्रोतले बताएको छ । विगतमा काम नगरेको भन्दै शर्मा एण्ड कम्पनीका मालिक र लामा कन्स्ट्रसनका प्रतिनिधिहरुलाई मन्त्रालयमै बोलाएर स्पष्टीकरण सोधेका मन्त्री लम्सालले आफ्नै पार्टी रास्वपाबाट रुपन्देही क्षेत्र नंं ५ को निर्वाचन जितेका सांसद तौफिक खानलाई कारबाही गर्न सक्लान त ? भन्ने गम्भीर प्रश्न उठन थालेको छ । सांसद खानले बुटवलको साढे दुई किलोमिटर सडक निर्माणको जिम्मा लिएर अलपत्र पारेको समाचार श्रोतले जानकारी दिएको छ । गत फागुन २१ के चुनावमा खानले विकास निर्माणमा हुने ढिलासुस्ती, सुशासन र भ्रष्टाचार नियन्त्रणको नारा लिएर चुनाव जितेका थिए ।
यता, मन्त्री लम्सालको अभिव्यक्तिलाई लिएर नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मन्त्रीहरुको बोलीमा लगाम लगाउन प्रधानमन्त्रीलाई बुझाएका छन् । यसैगरी काँग्रेसका सचेतक वासना थापाले र अन्य दलका नेताहरुले पनि आपत्ति जनाएका छन् । हालका पूर्वाधार विकास मन्त्री लम्साल विगतका भौतिक पूर्वाधार तथा यातायात मन्त्रीहरुभन्दा स्पष्ट र स्वच्छ मानिन्छन् तर आफ्नै मन्त्रालयभित्र रहेका अजिंगर प्रवृत्तिका कमिसनप्रेमी सुई र सिडिईहरुलाई ठीक पार्न सक्छन् कि नयाँ जोगीले बढी खरानी जस्तै हो भनी अहिले सिंहदरबारमा चर्चा चलने गरेको छ ।
खुट्टा भाँच्ने अभिव्यक्तिले पूर्वाधारमन्त्री विवादित
Facebook Comments Box
