इस्तियाकका कारण रेणुलाई झड्का

काठमाडौँ/ जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले दलमा विभाजन रोक्न सरकारमा तीनजना नयाँ अनुहार पठाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोहम्मद इस्तियाक राई, वन तथा वातावरण मन्त्रालयमा प्रदीप यादव र कृषि तथा पशुपन्छीमा मृगेन्द्रप्रसाद सिंह यादव रहेका छन्…

माओवादीमा पदाधिकारी बन्न हानाथाप

काठमाडौँ/ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटिको तेस्रो बैठक जारी छ । केन्द्रीय कमिटीको बैठकमा पदाधिकारी, पोलिटब्युरो र स्थायी कमिटि सदस्यको टुङ्गो लगाउन अध्यक्ष पुष्पकमल दाहाललाई हम्मेहम्मे परेको छ । पदाधिकारीहरुको टुङ्गो लगाउने जिम्मा अध्यक्ष दाहाललाई नै दिइएको छ ।…

देउवाले ध्यान नदिँदा काँग्रेस भद्रगोल

ललितपुर/नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता स्वार्थलई मात्र ध्यान दिँदा काँग्रेस लथालिङ्ग र भद्रगोल बन्न पुगेको छ । १४ औँ महाधिवेशन सम्पन्न भएको सात महिना पुग्दासमेत नेतृत्व विधि, पद्धति र विधानअनुसार अगाडि बढ्न सकेको छैन । काँग्रेसमा संस्थापनइतर…

एमालेमा अन्तरघातीलाई अन्तरघाती खोज्ने जिम्मा

काठमाडौँ/ नेकपा (एमाले) ले गत बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा दलका उम्मेदवार हराउन भूमिका खेल्ने र अन्तरघात गर्ने नेता तथा कार्यकर्तामाथि छानबिन गर्न कार्यदल बनाएको छ । देशका सात सय ५३ वटा स्थानीय तहहरुमध्ये दुई सय पाँच स्थानीय…

महानगरले शिक्षामा बजेट बढायो

काठमाडौं/ काठमाडौं महानगरपालिकाले शिक्षाको लागि आगामी आर्थिक वर्ष २०७९÷८० का लागि ७० करोड रुपियाँभन्दा धेरै बजेट बिनियोजन गरेको छ । यो चालु आर्थिक वर्षको बजेटभन्दा तीन गुणा बढी रहेको महानगरपालिकाले जनाएको छ । महानगरपालिका शिक्षा विभाग अधिकृत रामप्रसाद सुवेदीका अनुसार…

मन्त्रीहरुका कारण राजनीतिमा तरङ्ग : माओवादी संकटमा देउवा दोधारमा

भक्तपुर /नेपालको राजनीतिमा विभिन्न किसिमका तरङ्गहरु आइरहने अवस्थामा पछिल्लो समयमा मन्त्रीहरुका कारण झनै ठूलो तरङ्ग आएको छ । पछिल्लो समय अर्थमन्त्रीबाट जनार्दन शर्माले राजीनामा गर्नुपर्ने अवस्था आयो । बजेट निर्माणका क्रममा मन्त्रालयमा अवांछित व्यक्तिहरुलाई प्रवेश गराई बजेट भाषणको अघिल्लो दिन…

जसपामा अल्पमतमा परे भट्टराई

ललितपुर/ समय बलबान हुन्छ भन्ने कुरा जनता समाजवादी पार्टी नेपाल (जसपा) को आन्तरिक अवस्थालाई ख्याल गर्दा देखिएको छ । केही अघिसम्म अल्पमतमा परेका जसपाका केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव बहुमतको अवस्थामा पुगेको बताइएको छ । उता, यादवलाई अल्पमतमा पारी…

लामिछाने दाजुभाइ प्रतिस्पर्धामा

काठमाडौं/ टेलिभिजनको प्रस्तोताका रुपमा चर्चामा रहँदै गरेका रवि लामिछानेले आपूmलाई पूर्णकालीन राजनीतिमा होमेका छन् । आफ्नो सञ्चारकर्मलाई छाडी राजनीतिमा उत्रने निर्णय गरेका उनले एउटा राजनीतिक दल नै दर्ता गराएका छन् । दल दर्ता गराएका लामिछानेलाई उनकै सहोदर दाजुले नै नपत्याएको…

झाँक्रीको विदाईमा असुलीधन्दा चलाउने सिंह गयल

काठमाडौँ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको नाममा असुलीधन्दा चलाएका भन्ने आरोप लागेका सचिव रमेशप्रसाद सिंह विदाई कार्यक्रममा उपस्थित भएनन् । सचिव सिंह अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिन विदेश भ्रमणमा गएकाले निमित्त सचिव पद्मकुमार मैनालीले मन्त्री झाँक्रीको विदाई गरेका थिए । शहरी…

काँग्रेसमा सहमहामन्त्रीहरु भूमिकाविहीन

ललितपुर/नेपाली काँग्रेसको १३ औँ महाधिवेशनसम्म एकजना मात्र रहने गरेको सहमहामन्त्रीको पद १४ औँ महाधिवेशनमा बढाएर आठजना बनाइएको छ । निर्वाचित आठजना सहमहामन्त्रीहरुमा फर्मुल्लाह मन्सुर, उमाकान्त चौधरी (खानेपानी मन्त्री), महालक्ष्मी उपाध्याय (डिना), भीष्मराज आङदम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र…