उमेश खड्का
कुनै समय विदेशी विश्वविद्यालयबाट डिग्री लिन विदेश नै पुग्नुपर्छ भन्ने बुझाइ थियो । विश्वविद्यालयको कक्षामा उपस्थित हुनु, विद्यार्थी भिसा लिनु र वर्षौंसम्म विदेशमै बसेर अध्ययन गर्नु यसको अनिवार्य पक्षजस्तै मानिन्थ्यो तर सूचना प्रविधिले उच्च शिक्षाको स्वरूप नै बदलिदिएको छ । अहिले नेपालमै आफ्नो घर वा कार्यालयमा बसेर बेलायत, अमेरिका लगायतका देशका विश्वविद्यालयमा भर्ना भई स्नातक, स्नातकोत्तर, डिप्लोमा, सर्टिफिकेटदेखि छोटो अवधिका व्यावसायिक कोर्ससम्म अध्ययन गर्न सकिने अवसर विस्तार भएको छ ।
यसको एउटा उदाहरण बेलायतको ग्लष्खभचकष्तथ या ीयलमयल हो । विश्वविद्यालयले विश्वको जुनसुकै स्थानबाट अध्ययन गर्न सकिने अनलाइन डिग्री सञ्चालन गरिरहेको छ । नेपालका विद्यार्थीले पनि कतिपय कार्यक्रम स्वतन्त्र रूपमा अनलाइन पढ्न सक्छन् । अध्ययन सामग्री, विद्यार्थी पोर्टल, अनलाइन पुस्तकालय र ख्ष्चतगब िीभबचलष्लन भ्लखष्चयलmभलत मार्फत पढाइ सञ्चालन हुन्छ । नेपालमै विश्वविद्यालयबाट मान्यता प्राप्त त्भबअजष्लन ऋभलतचभ मार्फत अध्ययन सहयोग लिन सकिने व्यवस्था पनि छ ।
ग्लष्खभचकष्तथ या ीयलमयल यस विश्वविद्यालयमा विषयको छनोट पनि फराकिलो छ । उदाहरणका लागि कानूनतर्फ ीीद्य रीीः, कम्प्युटर साइन्स, व्यवस्थापन, लेखा, अर्थशास्त्र, वित्त तथा अन्य विभिन्न विषय अनलाइन वा दूरी शिक्षाबाट अध्ययन गर्न सकिन्छ । सन् २०२६/२७ का लागि समेत विश्वविद्यालयले अनलाइन अध्ययनका विभिन्न कार्यक्रमको आवेदन खुला राखेको देखिन्छ ।
अमेरिकाको ब्चष्शयलब क्तबतभ ग्लष्खभचकष्तथ इलष्लिभ पनि नेपालबाट अध्ययन गर्न सकिने अर्को विकल्प हो । ब्क्ग् ले विदेशमै बसेका विद्यार्थीलाई …ष्लतभचलबतष्यलब ियलष्लिभ कतगमभलतÚ का रूपमा आवेदन दिन सक्ने व्यवस्था गरेको छ । हाल यसले स्नातक, स्नातकोत्तर र प्रमाणपत्रसमेत गरी ४०० भन्दा बढी अनलाइन कार्यक्रम उपलब्ध गराएको जनाएको छ । व्यवसाय, इन्जिनियरिङ, व्यवस्थापन, जैविक विज्ञान, मनोविज्ञान, सूचना प्रविधिलगायत धेरै क्षेत्रमा कार्यक्रम उपलब्ध छन् । ब्क्ग् इलष्लिभ यस्तो पढाइको सबैभन्दा ठूलो विशेषता विदेश जानु नपर्नु हो । उदाहरणका लागि ब्क्ग् मा विदेशबाट अनलाइन अध्ययन गर्ने विद्यार्थीलाई अध्ययनकै प्रयोजनका लागि अमेरिकी ँ–ज्ञ विद्यार्थी भिसा वा क्ष्–२० जारी हुँदैन, किनकि विद्यार्थी अमेरिकामा प्रवेश नगरी आफ्नै देशबाट अध्ययन गर्छ । त्यसैले भिसा, हवाई टिकट, विदेशको महँगो आवास र दैनिक जीवनयापन खर्च नबेहोरी अन्तर्राष्ट्रिय विश्वविद्यालयको अध्ययनमा जोडिन सकिन्छ ।
नेपालबाट कसरी भर्ना हुने ?
प्रक्रिया सामान्यतः कठिन छैन । सबैभन्दा पहिले विद्यार्थीले आफूलाई चाहिएको विषय र तह निश्चित गर्नुपर्छ । त्यसपछि विश्वविद्यालयको आधिकारिक वेबसाइटमा गएर उक्त कार्यक्रम पूर्ण रूपमा अनलाइन गर्न सकिने हो कि होइन हेर्नुपर्छ । त्यसपछि शैक्षिक योग्यताको प्रमाणपत्र, ट्रान्सक्रिप्ट, पासपोर्ट वा परिचयसम्बन्धी कागजात र विश्वविद्यालयले मागेका अन्य विवरण तयार गरी अनलाइन आवेदन दिन सकिन्छ । स्नातकोत्तरका लागि सामान्यतः सम्बन्धित वा स्वीकार्य स्नातक योग्यता आवश्यक हुन्छ भने स्नातक तहमा माध्यमिक तहको योग्यता हेरिन्छ ।
अंग्रेजी भाषाको योग्यता अर्को महत्वपूर्ण पक्ष हो । विश्वविद्यालय र कार्यक्रमअनुसार क्ष्भ्ीत्क्, त्इभ्ँी, म्गयष्लिनय भ्लनष्किज त्भकत वा अन्य स्वीकार्य माध्यमबाट अंग्रेजी दक्षता प्रमाणित गर्नुपर्ने हुन सक्छ । कतिपय अवस्थामा यसबाट छुट पाउने व्यवस्था पनि हुन सक्छ । उदाहरणका लागि ब्क्ग् ले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि शैक्षिक योग्यतासँगै अंग्रेजी दक्षताको प्रमाण माग्ने व्यवस्था गरेको छ । भर्ना भएपछि विद्यार्थीलाई विश्वविद्यालयको अनलाइन पोर्टलमा पहुँच दिइन्छ । त्यहाँ भिडियो लेक्चर, पाठ्यसामग्री, पुस्तक, छलफल कक्षा, असाइनमेन्ट र परीक्षासम्बन्धी व्यवस्था हुन्छ । कतिपय पढाइ निश्चित समयमा प्रत्यक्ष अनलाइन कक्षामार्फत हुन्छन् भने कतिपय आफ्नै अनुकूल समयमा अध्ययन गर्न मिल्ने किसिमका हुन्छन् । यसैले जागिर, व्यवसाय वा अन्य पेशामा संलग्न नेपालीका लागि पनि यस्तो शिक्षा उपयोगी हुन सक्छ ।
पूर्ण डिग्री नै लिनुपर्छ भन्ने पनि छैन । विदेशका विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट केही हप्ता वा महिनाका छोटा कोर्स, एचयाभककष्यलब िऋभचतषष्अबतभ, ःष्अचयअचभमभलतष्ब िवा एउटा–दुईवटा विषय मात्र पढ्न सकिने विकल्प पनि छन् । ग्लष्खभचकष्तथ या ीयलमयल ले व्यक्तिगत मोड्युल, छोटा कोर्स र स्नातकोत्तर तहका mष्अचयअचभमभलतष्ब िसमेत उपलब्ध गराएको छ । ग्लष्खभचकष्तथ या ीयलमयल यस्ता छोटा कोर्स नयाँ सीप सिक्न वा आफ्नो पेशागत ज्ञान अद्यावधिक गर्न चाहने वकील, पत्रकार, शिक्षक, व्यवस्थापक, आईटीकर्मी, स्वास्थ्यकर्मी तथा व्यवसायीका लागि उपयोगी हुन सक्छन् ।
विदेशी विश्वविद्यालयको नाम देख्नेबित्तिकै पैसा तिरेर भर्ना हुनुचाहिँ उचित हुँदैन । सबैभन्दा पहिले विश्वविद्यालय स्वयं आधिकारिक र मान्यताप्राप्त हो कि होइन जाँच गर्नुपर्छ । त्यसपछि आफूले पढ्न लागेको ठ्याक्कै त्यही अनलाइन कार्यक्रम नेपालको सरकारी सेवा, विश्वविद्यालयको थप अध्ययन वा कुनै नियमनकारी पेशामा प्रयोग गर्दा मान्यता प्राप्त हुन्छ कि हुँदैन बुझ्नु आवश्यक छ । ब्क्ग् स्वयंले पनि विदेशबाट पढ्ने विद्यार्थीलाई आफ्नो देशमा अनलाइन डिग्रीको मान्यता र पेशागत लाइसेन्सको अवस्था सम्बन्धित निकायसँग पहिल्यै पुष्टि गर्न सुझाव दिएको छ । ब्क्ग् इलष्लिभ विशेषगरी कानून, इन्जिनियरिङ, स्वास्थ्य, नर्सिङजस्ता पेशागत इजाजत आवश्यक पर्ने क्षेत्रमा यो पक्ष झन् महत्वपूर्ण हुन्छ ।
खर्च पनि विश्वविद्यालय र कार्यक्रमअनुसार निकै फरक हुन्छ । कतिपय छोटा अनलाइन कोर्स निःशुल्क अध्ययन गर्न सकिन्छ तर प्रमाणपत्रका लागि शुल्क लाग्न सक्छ । पूर्ण द्यबअजभयिच वा ःबकतभच डिग्री भने महँगो हुन सक्छ । त्यसैले पाठ्यक्रम हेर्दा तगष्तष्यल ाभभ मात्र नभई आवेदन शुल्क, परीक्षा शुल्क, प्रविधि शुल्क तथा अन्य अतिरिक्त शुल्कसमेत जोडेर कुल लागत बुझ्नुपर्छ ।
यसरी हेर्दा विदेशको शिक्षा लिनु भनेको अब अनिवार्य रूपमा देश छाड्नु मात्र रहेन । भरपर्दो इन्टरनेट, कम्प्युटर, अंग्रेजी भाषामा अध्ययन गर्न सक्ने क्षमता र नियमित समय व्यवस्थापन गर्न सके काठमाडौं, विराटनगर, नेपालगन्ज, पोखरा वा नेपालको कुनै गाउँबाट समेत विदेशी विश्वविद्यालयको विद्यार्थी बन्न सम्भव हुँदै गएको छ। यसले विशेषतः पेशा वा व्यवसाय छाडेर विदेश जान नसक्ने व्यक्तिका लागि उच्च शिक्षाको नयाँ ढोका खोलेको छ ।
त्यो ढोका प्रवेश गर्नुअघि तीन कुरा भने अनिवार्य जाँच्नुपर्छ— विश्वविद्यालयको आधिकारिक मान्यता, आफूले रोजेको कार्यक्रम पूर्ण रूपमा नेपालबाटै पूरा गर्न सकिने अवस्था र उक्त डिग्री नेपालमा आफूले प्रयोग गर्न चाहेको प्रयोजनका लागि स्वीकार्य हुने/नहुने अवस्था । यी कुरा निश्चित गरेर अघि बढेमा अनलाइन अन्तर्राष्ट्रिय शिक्षा नेपाली विद्यार्थीका लागि विदेश नगई विश्वस्तरीय अध्ययनसँग जोडिने प्रभावकारी माध्यम बन्न सक्छ ।
