वृद्धि ध्रुव/वृद्धि केन्द्रको प्रारुपको महत्व तथा आवश्यकता

Nayabimarsha (Weekly Newspaper from Nepal)

— गम्भीर बहादुर हाडा
अधिवक्ता तथा सह–प्राध्यापक, अर्थशास्त्र
भक्तपुर बहुमुखी क्याम्पस -अवकाशप्राप्त)

आर्थिक विकासमा वृद्धि ध्रुव/वृद्धि केन्द्रको प्रारुप (Growth pole and growth centre approach) Paul Michael Romer द्वारा प्रतिपादित वृद्धिसम्बन्धी अवधारणा हो । यसले आर्थिक विकासको क्षेत्रमा नौलो आयाम थपेको छ । त्यसैले उनको यो सिद्धन्तलाई नौलो वृद्धि अवधारणा भनिन्छ । यस सिद्धान्तले मुख्य गरी दुईवटा दृष्टिकोणलाई आत्मसात् गरेको छ । जसमा —
-क) आर्थिक उत्पादनमा प्राविधिक उन्नतिलाई जोड दिनुः यस अन्तर्गत परम्परागत विकास अवधारणाहरुले प्रविधिलाई गैर बजारको शक्तिका रुपमा लिने गर्दछ । नयाँ वृद्धि अवधारणाले प्रविधिलाई आन्तरिकीकरण गरी बजारले कसरी काम गर्नुपर्दछ भन्ने कुरामा जोड दिन्छ ।
-ख) प्रतिफल वृद्धिसँग जोडेर प्रविधि र ज्ञानको विशेषतहरुलाई हेर्नु: यस अन्तर्गत वृद्धिको प्रक्रियालाई निरन्तर अगाडि बाउन सकिन्छ भन्ने मान्यता हुन्छ । यो अवधारणा बढीभन्दा बढी आर्थिक वृद्धिको के कसरी सम्भव हुन्छ भन्ने कुरालाई प्राविधिक विकास र ज्ञानको विस्तारद्वारा सम्बोधन गर्न खोजेको छ ।
मानिसहरुको क्षमतामा विकास भयो भने हरेक साधन र स्रोतमाथि स्वामित्वको बिस्तार गर्न सक्दछ । यस अवधारणाको केन्द्रीय पक्ष भनेको नै मानिसले ज्ञानको बिस्तार गर्नु हो । यस दृष्टिकोणले विकासमा जनतालाई नै केन्द्रविन्दु मान्ने हुँदा यसबाट निम्नअनुसारका उद्देश्यहरु हासिल हुन सक्दछन्:
– बहुसंख्यक व्यक्तिहरुको अधारभूत आवश्यकताहरु परिपूर्ति सर्वसुलभ तरिकाले गर्नुपर्ने,
– सम्पूर्ण समुहका व्यक्तिहरुका लागि समान अवसरहरु प्रदान गर्दा मानवीय विकास सम्भव हुने,
– दिगो विकासबाट प्राकृतिक सम्पदामाथिको अत्याधिक दबाब घटाउँदै लैजान सकिने ।
– सशक्तिकरणको सुविधामा वृद्धि गर्न सकिने,
– सुरक्षामा विस्तार गर्न सकिने ।
वृद्धि ध्रुव (Growth pole) अवधारणाको सुरुवात सर्वप्रथम सन् १९५० मा प्रोफेसर एफ.पेरक्स (F.Perroux) द्वारा गरिएको थियो (Pradhan:2003) । यो नमूना विशेषगरी विकासोन्मुख मुलुकहरुको सन् १९६० को दशक पछाडि एक अवस्थितिगत विकास रणनीति (Spatial Development Strategy) को रुपमा प्रयोगमा ल्याएको देखिन्छ । यसको प्रयोग खासगरी ती देशहरुमा सन्तुलित क्षेत्रिय विकास गर्ने चाहनाको पूर्ति गर्न क्षेत्रिय वृद्धि तथा विकासलाई परिचालन गर्न गरिएको देखिन्छ । अतः Perroux को यो नमूना ठूला उत्पादनशील फर्महरु भएका ठूला शहरी औद्योगिक विकासका सम्भाव्य क्षेत्रहरुमा आधारित छ । उनका विचारमा वृद्धि ध्रुव त्यस्तो एक अमूर्त आर्थिक केन्द्र हो जसले चुम्बकको विपरीत पोलहरु आकर्षित भए जसरी नै आर्थिक शक्तिहरु आफूतिर आकर्षित गर्ने तथा चुम्बकका समान ध्रुवहरु विकर्षित भए जस्तै गरी आर्थिक शक्तिहरु विकर्षित गर्ने कार्य गर्दछ । एभचचयगह ले उद्योग केन्द्रित विकास नमूनाका दुइवटा आधारभूत अवधारणाहरु प्रस्तुत गरेका छन्:
१) पहिलो, सङ्गठित आर्थिक क्रियाकलापहरु (agglomeration economies) हुन् जहाँ ठूला फर्महरुको एक सुविधाजनक स्थानमा हुने सङ्गठित सम्बन्धसित छ र उद्योगहरुबीचको पारस्परिक अकर्षण तथा भौतिक संरचना एवं सेवा उपयोग लागत कम गराउँछ भने विकासलाई पनि स्वनिर्मित दिगो बनाउँछ ।
२) दोस्रो भनेको शहरी केन्द्रहरुको तीव्र वृद्धि । पृष्ठ क्षेत्रमा रहेको वृद्धि केन्द्रहरु विस्तारित प्रभावले गर्दा विकसित भइरहेका हुन्छन् ।
यसप्रकार Perroux को विचारमा सबैतिर वृद्धि एकैपटक देखा पर्न सक्दैन, त्यो केबल बिन्दु अथवा पोलका रुपमा मात्र देखिन्छ । (Growth does not appear at a same time it just exists as in points or pole)।
त्यसैगरी A.Hirschman and G.Myrdal ले केन्द्रमा भएको विकासको परिणाम स्वरुप वरिपरिको पृष्ठ क्षेत्रमा विकास प्रक्रिया विस्तारित हुने कुराको तर्क दिएका छन् । विस्तारित प्रभावले (Spread effect) त्यस्तो संयन्त्रलाई जनाउँछ जसले विकास केन्द्रमा भएको आर्थिक उन्नतिलाई त्यस केन्द्रको वरिपरिका पृष्ठ क्षेत्र (periphery) मा सञ्चार र प्रसारण गर्दछ । यस्तो विकासलाई प्रोत्साहित विकास (generative growth) वा सकारात्मक विकास पनि भनिन्छ (Pradhan:2003)
अर्कोतर्फ Backwash effect भााभअत भन्नाले केन्द्र भागमा हुने विकासले वरिपरिका पृष्ठ क्षेत्रलाई अझ गरिब र स्थिर बनानउने मात्र होइन कि तिनीहरुको विकास प्रक्रियामा गिरावट समेत ल्याउन सक्छ । यस्तो प्रभाव विशेषगरी केन्द्रले पृष्ठ क्षेत्रको उत्पादनका स्रोत तथा साधनलाई केन्द्रीकरण गर्ने प्रवृत्तिको हुन्छ ।
Growth pole तथा Growth Centre दुबै Approach प्रत्यक्ष परोक्ष रुपमा समान अवधारणाको रुपमा रहेको देखिन्छ । समग्रमा दुवैले केन्द्रमा भएको विकासको परिणाम स्वरुप त्यसको पृष्ठ क्षेत्र (Peripheral areas) मा विस्तार हुँदै जाने विकास पणालीलाई नै प्रतिनिधित्व गर्दछन् । Growth pole strategy को मूल उद्देश्य आर्थिक क्षेत्रको असन्तुलि तलगानीद्वारा गुणक प्रभाव मार्फत आम्दनीको समान वितरण गर्नेतर्फ केन्द्रित रहन्छ । त्यसकारण यस रणनीतिको सफलता पछाडि परिरहेका क्षेत्रहरुमा स्थापित हुने नेतृत्वदायी उद्योगहरुको (Purposive industries) सम्भावना माथि आधारित भएको हुन्छ ।
अर्कोतर्फ Growth centre strategy को उद्देश्य उत्कृष्ट राष्ट्रिय शहरी प्रणाली (National urban system) सिर्जना गर्नेतर्फ केन्द्रित रहन्छ । त्यसबाट क्षेत्रीय साधनहरुको बुद्धिमत्तापूर्वक उपयोगद्वारा क्षेत्रीय सन्तुलन कायम राख्ने कोसिस गरिन्छ ।
वृद्धि ध्रुब प्रारुपको प्रमुख आशय भनेको विकास एउटै समयमा सबै ठाउँमा हुन सक्दैन (Development does not appear everywhere at the same time.) शुरुमा विकास शक्तिशालि वृद्धि विन्दु (Growth foci) मा स्थापना भई प्रसार प्रभाव (Spread effect) अनुसार अन्य केन्द्र वा क्षेत्रहरुमा फैलिँदै जान्छ । प्रसार प्रभाव (Spread effect) लाई निर्धारण गर्ने दुइवटा तत्वहरु छन् ।
-क) स्थलगत संरचना (Spatial structure)
स्थलगत संरचनाले भौतिक संरचनाहरु जस्तै बस्ति, यातायात, सञ्चार, उत्पादनशील सुविधा, सामाजिक संघ संस्थाहरुलाई बुझाउँछ । यी सुविधाहरुले वृद्धि केन्द्र र वरपरका क्षेत्रहरुलाई आपसमा जोड्दछ । वस्तु तथा सेवाहरु केन्द्र र वरपरका क्षेत्रहरुबिच निरन्तर रुपमा प्रवाह (flow) सहज बन्दछ ।
-ख) स्थलगत प्रक्रिया (Spatial process): स्थलगत प्रक्रियाले केन्द्रबाट वरिपरिका क्षेत्रहरुमा हुने पूँजी प्रवाह, श्रमको गतिशिलता, वस्तु तथा सेवाहरुको प्रवाह र सञ्चारलाई समेटेका छ । ग्रामीण विकासमा वृद्धि ध्रुव प्रारुपले एउटा शक्तिशाली आधार प्रदान गर्दछ । ग्रामीण क्षेत्रहरु भौगोलिक विकटता अनि गरिबीसँगको निकटताले गर्दा साधन र स्रोत भएर पनि विकास निर्माणका क्रियाकलाप सञ्चालन गर्न नसकेको बाध्यात्मक अवस्थामा वृद्धि केन्द्र प्रारुपले ग्रामीण इलाकाका स्रोतहरु ध्रुविकरण प्रक्रियाद्वारा केन्द्रमा केन्द्रिकरण गरि विस्तारित प्रभाव अनुसार गाउँ बस्तिसम्म सेवा सुविधाहरु उपलब्ध गराउँछ । क्षेत्रीय असमनताले पछाडि परेको वर्तमान अवस्थामा यो प्रारुप अनुसार विकास पक्रिया अगाडि बढाउँदा गाउँ र सहर बिचको दुरी कम भई ग्रामीण क्षेत्रहरु पनि विकासको मूलधारमा प्रवेश गर्ने मौका पाउँछन् । यो नै यस प्रारुपको लोकप्रिय पक्ष हो । वृद्धि ध्रुव प्रारुपका लागि योजना निर्मााण गर्दा निम्नलिखित कुराहरुलाई ध्यानमा राख्नुपर्दछ ।
स्थानीय विकास प्रक्रियालाई स्व–व्यवस्थापन गर्नका लागि प्रतिवद्ध हुनुपर्दछ ।
स्थानीय स्तरमा आत्म निर्भरतामाथि चेतना जगाउनुपर्दछ ।
संभावना र स्रोतहरुको विश्लेषण गर्नुपर्दछ ।
शहरीकरण र गाउँ–शहर सम्बन्धले सिर्जना गरेका अवसरहरुको प्रयोगको विश्लेषण गर्नुपर्दछ ।
स्थानीय संस्थाहरु र राजनीतिक रुचिको विश्लेषण गर्नुपर्दछ ।
अन्ततः यस अवधारणा अनुसार योजना तर्जूमा गर्दा विभिन्न क्षेत्रहरुलाई राष्ट्रिय योजनासँग समन्वय गराउनुपर्दछ । वृद्धि केन्द्रहरुको लागि योजना बनाउँदा पृष्ठ क्षेत्रहरुसँगको सम्बन्धलार्य ध्यान दिनुपर्दछ । यो प्रारुपलाई सफल बनाउनको लागि राष्ट्रिय योजनालाई क्षेत्रयि योजनासँग र क्षेत्रीय योजनालाई स्थानीयस्तरसँग ब्रेक डाउन गराउँदै लैजानु पर्दछ । ग्रामीण विकासका लागि वृद्धि ध्रुब प्रारुपले प्रद गर्ने विस्तारित प्रभाव (Spread Effects) र पश्च प्रभाव (Backwash effects) को तुलनात्मक अध्ययन गर्दा विस्तारित प्रभावले सकारात्मक असर उत्पन्न गरे पनि पश्च प्रभावले ध्रुविकरणको माध्यमद्वारा ग्रामीण क्षेत्रलाई झन्–झन् कंगालीकरण बनाउँदै लैजान्छ । यो नै यस प्रारुपको नकारात्मक पक्ष हो ।
Growth Centre Approach को मुख्य उद्देश्य भनेकै आर्थिक प्रगति सबै ठाउँमा एकैपटक आउन सक्दैन त्यो एक पटक एकैठाउँमा ठूलो शक्तिको प्रयोगबाट मात्रै आउँछ अथवा ल्याउन सकिन्छ । सायद Growth Centre Approach का सबैभन्दा महत्वपूर्ण मान्यता भनेको केन्द्रमा विकासको परिणामले विकासको प्रभाव वरिपरि चारैतिर फैलन्छ त्यसैले सर्वप्रथम निश्चित केन्द्रहरुको विकास गर्नुपर्दछ ।
यस मान्यताका अनुसार लगानी तथा सम्पूर्ण नविन सेवा सुविधा तथा आविष्कारहरुलाई ध्यानपूर्वक चैन गरिएका निश्चित केन्द्रहरु (Few carefully selected centres) मा केन्द्रित गरिएमा त्यसलाई स्वतस्फूर्त रुपमा वरिपरिका क्षेत्रमा विकासको प्रभाव पर्दछ । त्यसैले यो विकासको प्रारुप माथिबाट तल जाने अवधारणा अन्तर्गत रहेको पाइन्छ । यो अवधारणाको सन्दर्भमा तथा यसले पार्ने प्रभावका सम्बन्धमा पनि फरक फरक विश्लेषण पाइएको छ जसलाई छोटकरीमा निम्न बमोजिम उल्लेख गर्न सकिन्छ :
आर्थिक विकासका योजनाहरुले निम्नबमोजिम सफलता प्राप्त गर्दछ भन्ने कुरा Area development approach को मुख्य विषयबस्तु हो ।
– जनताको प्रत्यक्ष सहभागितामा आर्थिक विकासका योजना बनाएमा बजारको सन्दर्भमा तात्कालीन बजारको सूचना प्राप्त गर्न सकिन्छ ।
– स्थानीय जनताको सहभागितामा अघिल्ला कार्यहरु तथा योजनाहरुको अनुगमन तथा मूल्याङ्कन गरी आवश्यक सुधारलाई अपनाउन सकिन्छ ।
– आर्थिक, वातावरणीय, प्राविधिक, सामाजिक तथा राजनीतिक रुपले कार्यक्रम तथा योजनाको सहि मूल्याङ्कन गरी भावी योजनाको तर्जुमा गर्न सकिन्छ ।
यसरी Area development approach निश्चित क्षेत्रका खातिर जनताको सहभागितामा विकास क्रियाकलाप जनताका लागि सञ्चालन गरिनुपर्दछ भन्ने अवधारणा हो । Growth centre approach को अवधारणाले ग्रामीण क्षेत्रमा एकैपटक सेवा सुविधा तथा मानवीय आधारभूत आवश्यकतालाई पूरा गर्न सकिदैन भन्ने तर्क दिएर ग्रामीण विकासको प्रक्रियालाई पछाडि धकेल्न खोजेको भन्ने अवश्य होइन । धेरैजसो अल्पविकसित तथा तेस्रो मुलुकका लागि एकै पटक ग्रामीण क्षेत्रलाई सबै सेवा सुविधा पुर्‍याउने क्षमताको अभाव रहेको हुन्छ र त्यो प्रायः असम्भव सरह नै हुन्छ । निश्चित भू–भागमा सेवा केन्द्रहरुको स्थापना गर्नुपर्छ भन्ने अवधारणा राख्नु नै यस Growth centre को आशय हो ।
ग्रामीण विकासका सन्दर्भमा ग्रामीण सेवा तथा सुविधाहरु अन्तर्गत विद्यालय, क्याम्पस, प्रशिक्षण केन्द्र, स्वास्थ्य केन्द्र, खानेपानी, विद्युत, यातायात, संचार, कृषि बजार तथा बैंक तथा त्यस्तै प्रकृतिको सुविधाहरु विस्तार गर्नु र तिनमा ग्रामीण जनताको पहुँच अभिवृद्धि गर्न विकासको पहिलो प्राथमिकता हुन आउँछ । यी सबै सन्दर्भहरु मानवको आधारभूत मानवीय अधिकार भित्र पर्दछन् यद्यपि यी सम्पूर्ण तत्वहरु मानवीय आवश्यकताका आधारभूत पक्षहरु भए तापनि त्यसलाई ग्रामीण क्षेत्रका सबै भागमा एकैसाथ र एकैपटक विस्तार गर्न सकिँदैन भन्ने मूल मान्यतामा आधारित रहेर विकासको नयाँ प्रारुप (model) को रुपमा Growth Centre Approach आएको पाइन्छ ।
वास्तवमा यस अवधारणाले ग्रामीण क्षेत्रमा एकैपटक सेवा सुविधा तथा मानवीय आधारभूत आवश्यकतालाई पूरा गर्न सकिँदैन भन्ने तर्क दिएर ग्रामीण विकासको प्रक्रियालाई पछाडि धकेल्न खोजेको भने अवश्य होइन । धेरैजसो अल्पविकसित तथा तेस्रो मुलुकका लागि एकैपटक ग्रामीण क्षेत्रलाई सबै सेवा सुविधा पु¥याउने क्षमताको अभाव रहेको हुन्छ र त्यो प्रायः असम्भव सरह नै हुन्छ । त्यसैलेGrowth Centre Approach ले मुख्य रुपमा यस्ता सम्पूर्ण आधारभूत सुविधाले सम्पन्न तथा ग्रामीण क्षेत्रका सबैलाई सजिलो पर्ने गरी निश्चित भूभागमा सेवा केन्द्रहरुको स्थापना गर्नुपर्दछ भन्ने तर्क राखेको पाइन्छ । त्यस्ता केन्द्रहरुले समॉनपातिक रुपमा ग्रामीण जनताको आवश्यकालाई परिपूर्ति गर्दै जान्छ र आगामी दिनमा केन्द्रको प्रभावका कारण ग्रामीण क्षेत्र विस्तारै उन्नत तथा समृद्ध बन्दै जान्छ । यो अवधारणाका अनुसार यसरी निश्चित क्षेत्रमा सेवा केन्द्रहरुको स्थापना गरिएमा त्यसले निश्चित फाइदा पनि प्रदान गर्दछ जसलाई निम्न बमोजिम उल्लेख गर्न सकिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *