नेकपा एसमा भूसको आगो सल्किँदै

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टी आगामी २०८० माघ १४ देखि १८ गते हुने भनिएको महाधिवेशनसम्म पुग्दा कन्तविजोग हुने भएको छ । खासगरी अपानिले नेताहरुलाई जिम्मेवारी दिने कुरामा पक्षपात गरेपछि पार्टीमा भूसको आगो सल्किएको छ ।
सम्मानित नेता झलनाथ खनालसँग सल्लाह नै नगरी भाद्र २८ गते (अन्तर पार्टी निर्देशन, अपानि) जारी गरेपछि विवाद छताछुल्ल भएको छ । नेता खनालले विहान एउटा कुरा, दिउँसो अर्को र बेलुका अर्को कुरा गर्ने मान्छे पार्टीको नेता हुन नसक्ने भन्दै तीब्र रोष प्रकट गरेका छन् । सचिव रामकुमारी झाँक्रीले पार्टीले एमालेबाट विद्रोह गर्नुको औचित्य माथि प्रश्न उठाएकी छिन् ।
नेकपा एसमा रहेका मुकुन्द न्यौपाने सहितका केही नेता एमालेमै फर्किएको र बाँकी केही ठिक्क परेको समाचार स्रोतले जानकारी दिएको छ । अध्यक्ष नेपालले अपानि जारी गर्दा एकलौटी गरेको र खनालका मान्छेहरुलाई सरुवा र घटुवा गरेको आरोप लागेको छ । नेता खनालले नेपाल विरुद्ध वाक वाण चलाएपछि नेपालले सरकारबा हटाउन चलखेल भएको आरोप लगाएका छन् । न संगठन, कार्यकर्ता, न राष्ट्रिय दल भएको नेकपा एसका अध्यक्षलाई यही गठबन्धनबाट एकचोटी प्रधानमन्त्री बन्ने हुटहुटीले सताएको छ तर पार्टी भने रित्तिदै गएको जानकारहरुले बताएका छन् । अपानि फिर्ता नगरे उनको दलमा थप संकट निम्तिने पक्का छ ।
यता सम्मानित नेता झलनाथ खनाललाई एमालेमा भित्र्याएर ईलाम-२ मा सुभाषचन्द्र नेम्वाङको निधनपछि रिक्त बनेको प्रतिनिधिसभाको सदस्य पदम टिकट दिएर जिताई दिने आश्वासन दिएपछि नेता खनाल अध्यक्ष नेपालविरूद्ध खनिन थालेका छन् । पार्टी एकीकरण भए नेपाललाई एक्ल्याउने रणनीति एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको छ भने माके अध्यक्ष एव् प्रधानमन्त्री पुष्पकमल दाहाल चीनबाट असौज १३ गते स्वदेश फर्केपछि एमालेसंँग मिलेर आफ्नै नेतृत्वमा सरकार बनाउने र फेरि कांग्रेसलाई पाखा लगाउने गरी एमाले र माओवादी केन्द्रका दोश्रो तहका नेताहरूले छलफल तिब्र पारेको श्रोतले बताएको छ ।
त्यसैले नेता खनालले पनि दुई कम्युनिष्ट एक हुनैपर्ने बताएका छन् तर यो संभावना वीरबलको खिचडी जस्तो बन्ने र दाहालको नेतृत्व एमाले अध्यक्षले ओलीले स्वीकार नगर्ने राजनीतिक वृत्तमा चर्चा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *