काठमाडौं/ अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले राजीनामा दिनु भएको छ । उहाँले कात्तिक २२ देखि लागू हुने गरी पदबाट राजीनामा दिनु भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो । यसैगरी बेलायतका लागि नेपाली राजदूत चन्द्र
कुमार घिमिरेले पनि यसअघि नै राजीनामा गर्नु भएको थियो । घिमिरे बेलायतबाट फर्कनासाथ राजीनामा गर्नेमा पर्नु भएको छ ।
त्यसो रेग्मीले राजीनामा दिएको तीनपछि मात्र उहाँको राजीनामाको विषयमा जानकारी बाहिर ल्याइएको पनि बताइएको छ । गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले भारत, अष्टे«ेलिया लगायतका केही देशका बाहेक विभिन्न ११ देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
सोही विषयलाई लिएर सर्वोच्च अदालतले कात्तिक १६ मा राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरे पनि सरकारले उहाँहरुलाई फर्कन लगाई मन्त्रालयमा हाजिर गर्न भनेको थियो ।
त्यसरी फर्किएर मन्त्रालयमा हाजिर गरेर बस्नुभन्दा राजीनामा गरेर बस्दा नैतिकता देखिने भएकाले उहाँहरुले राजीनामा गर्नु भएको पनि जनाइएको छ । उता, कूटनीतिक क्षेत्रमा राजदूतका रुपमा कार्य गर्नेहरुले सरकारले अलिकति पनि अविश्वास गरेको अवस्थामा पदमा बसिरहनु उचित नहुने भन्ने खालको प्रतिक्रिया आएका छन् । त्यसैले अरु राजदूतहरुले पनि राजीनामा गर्ने संभावना बढेको बताइएको छ ।
राजदूतहरु राजीनामा गर्दै
Facebook Comments Box
