चुनावी प्रचारमा राणा सक्रिय

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपु / भक्तपुरको माटो, संस्कृति र यहाँका जनताको सुख–दुःखसँग चार दशकदेखि अनवरत जोडिएको एउटा नाम हो– कविर राणा । राजनीतिमा निष्ठा र पत्रकारितामा निर्भीक पहिचान बनाउनु भएका राणा यतिबेला भक्तपुर क्षेत्र नं. २ का जनताको साझा आवाज बनेर चुनावी मैदानमा होमिएको बताइएको छ ।
कांग्रेसको केन्द्रीय प्रचार विभागको पटकपटक सदस्य एवं महासमिति र हाल जिल्ला कार्यसमिति सदस्य रहनु भएका राणाको राजनीतिक यात्रा कुनै सुखद् संयोग होइन, बरु पञ्चायतकालीन अन्धकारविरुद्धको कठोर संघर्षको उपज रहेको स्थानीय विनोद सापकोटा बताउनु हुन्छ । विद्यार्थी जीवनदेखि नै लोकतन्त्रका लागि निरन्तर रूपमा संघर्ष गर्दै आइरहेका राणालाई नेपाली कांग्रेसले यसपालि भक्तपुर २ मा आफ्नो उम्मेदवार बनाएको छ ।
२०३७ सालमा आदर्श माध्यमिक विद्यालयबाट नेपाल विद्यार्थी संघको राजनीतिमा पाइला टेक्दा उहाँसँग एउटै सपना प्रजातन्त्र रहेको राणा बताउने गर्नु हुन्छ । २०४२ सालको ऐतिहासिक ‘सत्याग्रह’ मा भाग लिँदा उहाँले ६ महिना जेल जीवनको कठोर यातना भोग्दा पनि उहाँमा लोकतन्त्रप्रतिको आस्था नडगमगाएको बताइन्छ ।
बालकोटको बुथ सभापतिदेखि जिल्ला विकास समितिको निर्वाचित सदस्य हुँदै कांग्रेसको केन्द्रीय प्रचार विभागसम्म पुग्दा उहाँले सधैँ भुँइमान्छेका मुद्दालाई प्राथमिकतामा राखेको उहाँका निकटवर्तीहरु बताउनु हुन्छ । उहाँले बी.पी. कोइरालाको समाजवादी चिन्तनलाई केवल नारामा मात्र होइन, आफ्नो कार्यशैलीमा पनि उतार्दै आएको बताइन्छ ।
राणा केवल राजनीतिज्ञ मात्र होइनन्, उहाँ एक प्रखर बौद्धिक र कानूनका ज्ञाता पनि हुनु हुन्छ । त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य र कानूनमा स्नातक गर्नु भएका राणाले पत्रकारितालाई समाज रूपान्तरणको आधार बनाएको बताइन्छ । ‘देशान्तर साप्ताहिक’ को प्रधानसम्पादक भएर उहाँले दशकौँदेखि जनतालाई सुसूचित गर्दै आउनु भएको छ । राष्ट्रिय समाचार समिति (रासस) र नेपाल टेलिभिजनजस्ता संस्थाको बोर्ड सदस्यका रूपमा उहाँले पु¥याएको योगदानले उनको प्रशासनिक, व्यवस्थापकीय र नीतिगत कुशलतालाई प्रमाणित गरिसकेको चर्चा चलेको छ ।
अमेरिका, बेलायत, जर्मनी, जापान र अस्ट्रेलियासहित दुई दर्जनभन्दा बढी मुलुकको भ्रमण गरी विदेशको अनुभव पनि राणासँग रहेको बताइएको छ । विश्वका विकसित शहरहरूको विकास नमूना र नेपालको मौलिक आवश्यकताबीच समन्वय गर्ने स्पष्ट सोचका साथ उहाँ चुनावी मैदानमा होमिनु भएको बताइएको छ । उहाँले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा बलियो वकालत गरेको पनि बताइन्छ ।
भक्तपुरको ऐतिहासिक कला, संस्कृति र सम्पदालाई विश्व पर्यटन बजारसँग जोडेर स्थानीयको आम्दानी वृद्धि गर्ने, सूर्यविनायक र मध्यपुर थिमी क्षेत्रका भित्री सडकहरूको स्तरोन्नति र ढल व्यवस्थापनलाई राणाले आफ्नो प्राथमिकतामा राख्दै आएको बताउनु भएको छ । भक्तपुर २ का आममतदाताको घरदैलोमा जाँदै गर्दा राणाले सरकारी विद्यालयको स्तर सुधार र स्थानीय तहमा सुलभ स्वास्थ्य सेवाको सुनिश्चितता, स्थानीय युवाहरूलाई सूचना प्रविधि र सीपमूलक तालिममार्फत स्वदेशमै उद्यमी बन्ने वातावरण सिर्जना गर्ने, सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री र पारदर्शी बनाएर जनमैत्री शासन व्यवस्था लागू गर्ने विषयलाई चुनावी अजेन्डा बनाएको बताइएको छ ।
राजनीति र पत्रकारितालाई जनताको सेवामा समर्पित गरिरहनु भएका राणाले आफूले अहिलेसम्म चालेका अभियान र आप्mना प्राथमिकतालाई सदन र सरकारसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गर्ने गर्नु भएको छ । स्थानीयको सुख–दुःखमा सारथी बनिरहनु भएका राणाले अब उक्त क्षेत्रका माग र आवश्यकतालाई सम्बोधन गर्न थप प्रयास गर्नुपर्ने स्थानीय मतदाताको अपेक्षा रहेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *