एनआरएनए भित्र बृहत् एकता गर्न रोविन शेरचनले गरे अपिल

Nayabimarsha (Weekly Newspaper from Nepal)

टोकियो/ गैरआवासीय नेपाली संघका उपाध्यक्ष रोविन शेरचनले संस्थाभित्र बृहत् एकताका लागि अपिल गर्नु भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत शेरचनले आगामी मार्च महिनामा हुने एनआरएनएको १२ औँ महाधिवेशनमा निर्वाचन प्रणाली, डेलिगेट्स छनोट लगायतका विषयमा विवाद चर्किएको बेला शेरचनले त्यस्तो अपिल गर्नु भएको हो ।
एनआरएनएको १२ औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएका शेरचनले निर्वाचन प्रणाली, डेलिगेट्स छनोट लगायतका विषयमा व्यापक छलफल गरी सहमतिको विन्दु पत्ता लगाउन आग्रह गर्नु भएको छ । उहाँले अहिले संस्था र प्रवासमा बस्ने नेपालीजनको हितका लागि एकताबद्ध एनआरएनए नै प्रमुख आवश्यकता रहेको बताउनु भएको छ । यसैगरी शेरचनले एकताको महाधिवेशनको विकल्प नभएको पनि बताउनु भएको छ ।
उहाँले व्यक्तिभन्दा पनि संस्थागत हितका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिनु भएको छ । केही दिनअघि आफ्नो घोषणापत्र सार्वजनिक गर्दै शेरचनले एनआरएनको निर्वाचन भौतिकरुपमा गर्नु नै उपयुक्त हुने धारणा पनि राख्नु भएको थियो ।
विगतमा विभिन्न समूहमा विभाजित एनआरएनए नोभेम्बर ३० तारिखमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एकताबद्ध भएका थिए । त्यति बेला भएको १० बुँदे सहमति अनुसार मार्च १४–१६ काठमाडौँमा १२ औँ महाधिवेशन हुँदै छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *