फोहरको राजनीति कायमै

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ काठमाडौं उपत्यकामा हुने फोहरको व्यवस्थापनको राजनीति कायमै रहेको छ । काठमाडौं महानगरपालिकामा प्रमुखको रुपमा वालेन्द्र साह (वालेन) निर्वाचित भएपछि फोहरको व्यवस्थापन पहिलो प्राथमिकतामा पर्ने भनिए पनि व्यवहारमा त्यसको व्यवस्थापन कठिन अवस्थामै रहेको देखिन्छ ।
व्यवस्थापनमा देखिएको समस्याका कारण एक हप्तादेखि रोकिएको उपत्यकाको फोहर हिजो बिहीबारदेखि पुनःव्यवस्थापन हुन थालेको छ । सिसडोलबाट बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर सडक मर्मतको काम गर्नुपर्ने भएको भन्दै महानगरपालिकाले एक हप्ताका लागि फोहर नउठ्ने जानकारी गराएको थियो ।
हरेक दिन काठमाडौं उपत्यकाबाट एक हजार दुई सय मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी काठमाडौंमा पाँच सय मेट्रिकटन फोहर निस्किने बताइन्छ ।
यसैबीच महानगरले उपत्यकाको कुहिने फोहर यहीँ नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको कामलाई तीव्रता दिएको बताइएको छ । फोहरको प्रभावकारी व्यवस्थापनका लागि यही साउन १ गतेदेखि ३२ वटै वडाबाट कुहिने र नकुहिने फोहर फरक किसिमले नै व्यवस्थापनको कार्य शुरु गरिसकेको अवस्थामा स्थानीयबासीले भने त्यसलाई खासै महत्व नदिई पुरानै तौरतरिकाले फाल्ने गरेकाले समस्यामा भने कायमै रहेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *