वाणिज्यमा भट्टराई

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकको जिम्मेवारी महेश भट्टराईलाई दिइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिनअघि भट्टराईलाई अर्थ मन्त्रालयबाट उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको थियो ।
वाणिज्य विभागमा महानिर्देशक खाली हुँदा विभिन्न समस्या आएको भनी चौतर्फी टिप्पणी भइरहेको अवस्थामा भट्टराईलाई ल्याइएको बताइएको छ । उनले यसअघि अर्थमन्त्रालय मातहतको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख भई कार्य गरेका थिए ।

ई–भिजाको शुल्क कार्डबाट
भक्तपुर/ डिजिटल कार्डमार्फत इलेक्ट्रोनिक भिसा (ई–भिसा) को शुल्क भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक परिपत्र जारी गर्दै उक्त व्यवस्था मिलाइएको जनाइएको हो ।
ई–भिजाको शुल्क विद्युतीय कार्डमार्फत भुक्तानी गर्नसक्ने व्यवस्था नहुँदा जनताले सास्ती भोग्दै आउनु परेको थियो । त्यस्तो रकम भने सम्बन्धित कूटनीतिक नियोग वा संस्थाको नेपालस्थित खातामा जम्मा हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको परिपत्रमा ‘ई–भिजा प्रणालीबाट भिजा आवेदन लिने व्यवस्था गरेका मुलुकले सो कार्य गर्न नेपालस्थित अन्य संस्थालाई तोकेमा तोकिएका शर्तहरु पालना हुने गरी त्यस्ता तोकिएका संस्थाहरुमार्फत् भिजा बापत संकलित रकमको लागि बैंक तथा वित्तीय संस्थाबाट जारी विद्युतीय÷डिजिटल कार्डमार्फत सटही सुविधा प्रदान गर्न सकिने छ’ भनी उल्लेख रहेको छ ।
यसरी संकलित रकम त्यस्तो कार्डबाट भुक्तानी हुने गरी सिधै विदेशी मुलुकका सरकारी निकायको तोकिएको परिवत्र्य विदेशी मुद्राको खाता वा सम्बन्धित देशको नेपालस्थित दूतावास÷नियोगको तोकिएको परिवत्र्य विदेशी मुद्राको खातामा मात्र जम्मा हुनु पर्ने भनी राष्ट्र बैंक्ले जनाएको छ ।
यस्तो कार्डबाट एकै पटक वा पटक–पटक गरी भुक्तानी हुन सक्ने र एकीकृत परिपत्र–२०७८ मा अन्यत्र उल्लेखित कुनै पनि रकम भुक्तानी सम्बन्धी सीमा लागू नहुने परिपत्रमा उल्लेख छ । ‘कार्ड जारी गर्न लिंक गरिएको नेपाली रुपियाँ खाताको मौज्दात र कार्डबाट भुक्तानी भएको रकमको विवरण दैनिक रुपमा हिसाब मिलान हुनु पर्नेछ,’ भनी परिपत्रमा भनिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *