‘फेसिङ अ लिटल भोल्क्यानो’ सार्वजनिक

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ समालोचक उदय अधिकारीले लिएको साहित्यकार महेश पौड्यालको अन्तर्वार्ता, ‘फेसिङ अ लिटल भोल्क्यानो’ सार्वजिक भएको छ । ललितपुको होटल हिमालयमा चलिरहेको ‘कलिङ्ग साहित्य महोत्सव’ को उद्घाटन समारोहमा साहित्यकारहरू डा. जगमान गुरुङ, अशोक बाजपेयी, तुलसी दिवस, माया ठकुरी र कनकमणि दीक्षितले अङ्ग्रेजी भाषाको उक्त अन्तरवार्तालाई संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।
उक्त पुस्तकमा साहित्य सम्बन्धी २२ फरक–फरक विषयमा समालोचक अधिकारी र स्रष्टा पौड्यालबीचको गहन संवाद समेटिएको छ । संवादले एउटा लेखकको निर्मिति, सिर्जनाको पक्ष, समकालीन नेपाली साहित्य र अन्तर्राष्ट्रियकरण, अनुवादका सजिला–अप्ठेरा, बालसाहित्यको वर्तमान अवस्था जस्ता सार्वजनिक साहित्यिक चासोका विषय समेटेको छ । स्रष्टा पौड्यालको जीवनमा सबैभन्दा बढी प्रभाव पारेका २५ देशी–विदेशी पुस्तकको विवेचना पनि समेटिएको छ ।
बि.एन. पुस्तक संसारले बजारमा ल्याएको उक्त पुस्तकको मूल्य रु. दुई सय ५० रहेको छ । समालोचक अधिकारीको यो दोस्रो संवाद–पु्स्तक हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *