उम्मेदवारमाथि ‘ज्यान मार्ने’ धम्की

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)– राप्रपा नेपालबाट काठमाडौं क्षेत्र नं.१ मा प्रतिनिधिसभाको उम्मेदवार बनेकी शान्ति के.सी.ले आफूमाथि ज्यानमार्ने धम्की आएको बताएकी छिन् । बुधबार उनको मोबाइल फोनमा सम्पर्क गर्दा उनले आफूमाथि सोही क्षेत्रमा नेकपा (एमाले) का तर्पmबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका किरण पौडेलले त्यस्तो धम्की दिएको बताइन् ।
उनले आफूले निर्वाचन निष्कृय नपारे वा पौडेललाई समर्थन नगरे आफ्नो ज्यान माने भनी धम्की दिएको बताइन् । उनले भनिन्, ‘मेरो छोरामार्फत पौडेलले धम्की दिइरहेका छन् । मैले उम्मेदवारी फिर्ता नलिने तथा निष्कृय पनि नपार्ने बताएँ ।’
के.सी.ले भने अनुसार पौडेलले राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमलबहादुर थापा एमालेको चुनाव चिन्ह लिएर लडेको अवस्थामा काठमाडौं क्षेत्र नं.१ मा पौडेललाई समर्थन गर्नुपर्ने भनी दबाब तथा धम्की दिएका हुन् । उनले भनिन्, ‘मैले किन उम्मेदवारी निष्कृय पार्ने ? कमल थापाले आफ्नो उम्मेदवारी निष्कृय पारुन्, काठमाडौंमै राप्रपाबाट रविन्द्र मिश्र उठेका छन् उनले निष्कृय पारुन्, देशैभरि राप्रपा नेपालका उम्मेदवारले उम्मेदवारी निष्कृय पारुन् अनि मात्र मैले पनि निष्कृय पारुँला होला भने मैले मात्र किन निष्कृय पार्ने ?’
सो क्षेत्रमा राप्रपा नेपालका तर्फबाट प्रतिनिधिसभाका लागि के.सी. उम्मेदवार बनेकी छिन् भने प्रदेशसभा (क) मा द्वारिका ढुंगाना र (ख) मा सविना श्रेष्ठ उम्मेदवार बनेका छन् ।
सोही क्षेत्रमा नेपाली कांग्रेसका प्रकाशमान सिंह गठबन्धनका तर्फबाट उम्मेदवार बनेका छन् । यसैगरी राप्रपाका तर्पmबाट रविन्द्र मिश्र, वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, रमेश खरेल, पुकार बमलगायतले उम्मेदवारी दिएका छन् ।
यसैबीच उम्मेदवार के.सी.ले व्यक्त गरेको अडियो वार्ता ‘नयाँ विमर्श’ सँग सुरक्षित छ । यस सम्बन्धमा एमालेका उम्मेदवार पौडेलसँग सम्पर्क गर्ने प्रयास गर्दा उनीसँग सम्पर्क हुन सकेन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *