सर्वोच्च ताल ‘तिलिचो’ मा ‘नयाँ विमर्श’

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर । विश्वको सबैभन्दा उच्चस्थानमा रहेको तिलिचो तालमा ‘नयाँ विमर्श’ को प्रकाशित अंक पु¥याइएको छ । ‘नयाँ विमर्श’ का प्रधान सम्पादक कौशलकुमार भट्टराईसहितको टोलीले ‘नयाँ विमर्श’ को प्रकाशित अंकलाई गत हप्ता तिलिचो तालमा पु¥याउने कार्य भएको हो ।
प्रधान सम्पादक भट्टराईसहितको टोलीमा रन्जना सिग्देल भट्टराई, ६७ वर्षीया सावित्रा सिग्देल, अशोक रोक्का मगर, समित घिमिरे र प्रतिमा रहेका थिए । उक्त टोली करिब एक साताको यात्राबाट काठमाडौं फर्किएको थियो । चार हजार नौ सय १९ मिटरको उचाईमा रहेको उक्त ताल नेपालको मनाङ जिल्लामा रहेको छ । सर्वोच्च उचाइमा रहेको तालमा आफूले ‘नयाँ विमर्श’ पत्रिका लिएर तस्वीर खिच्न पाउँदा मख्ख परेकी रन्जना सिग्देल भट्टराई ‘यस्तो गर्न पाउँदा मलाई रमाइलो लाग्यो’ भन्छिन् ।
यात्रा एकदमै कठिन तथा मौसम समेत चिसो रहेको अवस्थामा तिलिचोको गन्तव्यमा पुग्नुलाई टोलीमा सहभागी सबैले गौरवको रुपमा लिएका थिए । हिमालपारीको जिल्ला भनिने मनाङमा रहेको उक्त तालको यात्राका लागि स्वदेशी तथा विदेशीहरुको उल्लेख्य घुइँचो लाग्ने गर्दछ । यही मंसिरको तेस्रो साताबाट करिब छ महिनाका लागि यात्रा असहज हुने भएकाले पनि अहिलेको समयमा तिलिचो तालको यात्रामा निस्कनेहरुको संख्या उल्लेख्य रहेको मनाङका पर्यटन व्यवसायी एवम् नेपाली कांग्रेसका नेता विनोद गुरुङले जानकारी दिए । उनका अनुसार अहिले निर्वाचनको माहौलका कारण पनि जिल्लामा केही मात्रामा गतिविधि कायमै रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *