वेयर हाउजिंगको साधारणसभा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं । नेपाल वेयर हाउजिंग कम्पनी लि.को चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्तिक २० गते भएको उक्त साधारणसभामार्फत कम्पनीले संस्थापकहरुबाट कूल पँुजीको ८० प्रतिशत बराबर रु. ५५ करोड पुजी पु¥याउने लक्ष्य लिएको छ । उक्त २० प्रतिशत बराबरको रु.१३ करोड ७५ लाख सर्वसाधारणका लागि यहि चालू आर्थिक वर्ष भित्रमा जारी गर्ने भनी साधारणसभाले पारित गरेको छ ।
कम्पनीले साइलो प्रविधिबाट मकै, गौ, भटमास लगायत ५५ हजार मेट्रिक टन क्षमता बराबर भण्डारण सुविधा, कृषि उपजहरुको वैज्ञानिक लिलाम व्यवस्थापन, वेयर हाउस रसिदको धितोमा विभिन्न बैंकहरुको सहकार्यमा ऋण सुविधा तथा अनाज कन्टेनरको सेवा दिने भएकोछ । कम्पनीले सुनसरी जिल्लाको औराबनी शाखा र कपिलबस्तु जिल्लाको चन्द्रौटा शाखामा १५ हजार मेट्रिक टन क्षमताका साइलो, पर्सा जिल्लाको बिरुवागुठी शाखामा २५ हजार मेट्रिक टन क्षमताका साइलो जडान गरिरहेको छ । तीनवटै परियोजानाको अनुमानित लागत रु. एक अरब ५० करोड छ, जसमा बाँकी लगानी पाँचवटा बैंकहरुबाट सहवित्तीयकरणबाट जुटाइएको छ ।
औराबनी शाखाको संचालन यहि महिनाबाट भण्डारण शुरुवात गर्ने योजना कम्पनीको रहेको जनाइएकोछ । छ महिना भित्र अन्य दुई परियोजनामार्फत सेवा प्रदान गर्ने लक्ष्य कम्पनीको छ । कम्पनीले धानको विभिन्न शाखाहरुबाट लिलाम बडाबडको शुरुवात गर्ने लक्ष्य समेत लिएको छ ।
कम्पनीको भारतको सबैभन्दा ठूलो भण्डारण सुविधा प्रदायक नेशनल कोलट्ररल म्यानेजमेन्ट कम्पनी लिमिटेडसँग सहकार्य गरेको छ । यसले देशमा अन्न सुरक्षा बडाई देशको खाद्य सुरक्षामा महत्वपूर्ण योगदान गर्ने लक्ष लिएको छ । कम्पनीमा निम्बस समूह, शिखर इन्स्योरेन्स, श्रीनगर एग्रो, मुक्तिनाथ एग्रो, निफ्रा, एनएमवि बैंक, आईएमई जनरल इन्स्योरेन्स, हाथवे, हिमालयन क्यापिटल, टिएनआई, टिम भेन्चस्, आध्यानता, अल्फा क्यापिटल लगायतको लगानी रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *