अछाममा एकीकृत समाजवादीको जित

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ नेकपा (एमाले) नेता भीमबहादुर रावलले टिकट नपाएको अछामको १ नं. क्षेत्रमा एमालेका उम्मेदवारलाई नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारले पराजित गरेका छन् । श्रममन्त्रीसमेत रहेका एकीकृत समाजवादीका शेरबहादुर कुँवरले सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका थिए ।
कुँवर १९,५३४ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका झपट बोहराले १५,०४५ मत ल्याए । भीमबहादुर रावललाई टिकट नदिंदा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको चर्को आलोचना भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *