सचिवमा बढुवा हुन साह पुगे लैनचौर

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ गत मंसिर ४ गतेबाट अवकाश हुने शहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंह चुनावको विदाका कारण मंसिर ४ गते नै अवकाश भएका छन् । अवकाश हुनुभन्दा अगाडि मन्त्री मेटमणि चौधरीलाई भेट्न कोसेली पात बोकेर दाङ्ग जाँदै गर्दा युवा संघका कार्यकर्ताले लखेटेपछि बालबाल ज्यान जोगाएर फर्किएका थिए ।
खुराफाती र आर्थिक चलखेलमा निपूर्ण मानिने सचिव सिंहको अवकाशपछि उक्त स्थानमा तीनजना वरिष्ठ प्राविधिक सहसचिवहरु अग्रपंक्तिमा छन् । वरिष्ठताको हिसाबले पहिलो पंतिका शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव रामआधार साह र तेश्रोमा सडक विभागका महानिर्देशक अर्जुन जंग थापा दौडधूपमा लागेका छन् ।
यतिसम्मकी सहसचिव साहले सचिवमा बढुवा हुन भारतीय राजदूतावास लैनचौर पुगेर लम्पसार परेको जानकारहरुले बताएका छन् । मुलुक चुनावमा होमिएको बेला सरकारका मन्त्रीहरुलाई चुनाव लागेकाले तत्कालै मन्त्रिपरिषद्को बैठक बस्ने संभावना नरहेको समाचार स्रोतले बताएको छ । सचिव बन्न साहले लैनचौर पुगेर दूतावासको फोन गराए पनि बालुवाटारको आशीर्वाद डीजी थापालाई रहेको बताइएको छ । थापा आगामी २०८० कार्तिक ६ गते अवकाश हुने भएकाले उनी प्राथमिकतामा परेका छन् । विकास निर्माण सम्बन्धी लामो अनुभव र ज्ञान भएका कारण थापा नै सचिव बन्ने व्यापक चर्चा चलेको छ । विवादित सहसचिव साह सचिव बन्ने आशा कम भए पनि शक्ति केन्द्रमा हाजिर हुन छाडेका छैनन् भन्ने खबर प्राप्त भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *