सनिगाड हाइड्रोको शेयर निष्कासन गरिने

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ धोवीघाट, ललितपुरमा मुख्य कार्यालय रही बझाङ जिल्लामा आयोजना क्षेत्र रहेको सनिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर जारी गर्ने भएको छ । उक्त शेयर रु. सय अंकित दर कायम गरिएको जनाइएको छ ।
साधारण शेयर ६७ लाख ५० हजार कित्ता (आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिक तथा सर्वसाधारण समेत) का लागि निष्काशन गर्न श्री सन्राइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको जनाइएको छ ।
साधारण शेयर निष्काशन कार्यकोलागि कम्पनीको तर्फबाट अध्यक्ष राजेशकुमार श्रेष्ठ तथा सन्राइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठकाबीच कम्पनीको कार्यालयमा द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरियो । जारी पूँजी रु.दुई करोड २५ लाख रहेको सनिगाड हाइड्रो लिमिटेडको विद्युत उत्पादनको क्षमता ३८.४६ मे.वा. रहेको छ । उक्त कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भई केहि साताभित्र विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *