एकनाथ ढकालको तेस्रो संसद यात्रा

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गर्दा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल प्रतिनिधि सभाको सदस्यका रुपमा निर्वाचित भएको घोषणा गरिएको छ । सांसद्का रुपमा संसदमा यो उनको तेस्रो यात्रा रहेको बताइएको छ ।
पहिलो र दोस्रो संविधानसभाका सदस्य समेत रहेका ढकाल दुई पल्ट नेपाल सरकारको मन्त्री पनि भएका व्यक्ति हुन् । गोरखाको बोर्लाङ जन्मभूमि भएका ढकाल विधार्र्थी कालदेखिका जुजारु युवा नेता रहेको बताइएको छ । उनलाई सन् २००७ मा नेपाल जेसिसले युवा बर्ष पुरस्कार समेत प्रदान गरेको थियो ।
नेपालमा सशस्त्र द्वन्द्वको बेला ढकालकै पहलमा “दक्षिण एशियाली शान्ति पहल कदमी“ को स्थापना गरी नेपालको शान्ति प्रकृया सफल बनाउन विभिन्न कार्यक्रममार्फत महत्वपूर्ण भूमिका निर्वाह गर्ने कार्य ढकालले गरेका थिए । संयुक्त राष्ट्र संघमा आबद्ध संस्था युनिभर्सल पिस फेडेरेशन अन्तर्राष्ट्रियको विभिन्न जिम्बेवारी समेत बहन गरेका ढकाल यस पटक आफ्नो दलबाट नभई नेकपा (एमाले) को समानुपातिक सूचीमा परी सांसद बन्न सफल भएका हुन् ।
उनी हाल सांसदहरुको अन्तर्राष्ट्रिय मंच “इन्टरनेश्नल असोसिएसन अफ पार्लियामेन्टरियन फर पिस’’ (आइएपिपि ) एशिया प्रशान्त क्षेत्रको संयोजक समेत रहेका छन् ।
बाबुराम भट्टराईको नेतृत्वमा सहकारी तथा गरिबी निर्वारण मन्त्री हुँदा राष्ट्रिय सहकारी नीति र विपन्न घरपरिवार पहिचान तथा परिचयपत्र वितरणको थालनी गरेका ढकालले दोस्रो खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारमा शान्ति तथा पुनर्निर्माण मन्त्री हुँदा शान्ति प्रकृयाको महत्वपूर्ण कामहरु सम्पन्न गरेका बताइन्छ ।
ढकालले सन् २०१८ मा नेपालमा एशिया प्याशिफिक समिट आयोजना गर्न एक प्रमुख भूमिका खेलेका थिए । बहुचर्चित उक्त समिटमा युपिएफ अन्तर्राष्ट्रियकी सह–संस्थापिका डा. हाक जा हाँन मदर मून, सात जना राष्ट्र प्रमुख तथा सरकार प्रमुख, १० जना पूर्वराष्ट्रपति÷ प्रधानमन्त्री र पाँचजना सभामुख समेत ४५ मित्र राष्ट्रका सयौंं विशिष्ट विदेशी पाहुनाहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *