जीएचजी ग्रुपको हस्पिटालिटी सेवा

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ ग्लोबल हस्पिटालिटी गु्रप (जीएचजी ग्रुप) द्वारा संचालित लिटल बाइट बिस्ट्रो तथा होटल हार्मोनीले सेवा शुभारम्भ गरेको छ । ललितपुरको झम्सीखेलस्थित रेस्टुरेन्ट तथा होटल परिसरमा आयोजित कार्यक्रमबीच ललितपुर महानगरपालिका वडा नं. २ का अध्यक्ष राजेश महर्जन, झम्सीखेल युवा क्लबका अध्यक्ष सन्दन थापा मगर, वरिष्ठ साहित्यकारद्वय प्रा. रामकुमार पाँडे, धनविक्रम सिंह, नेपाल बार एशोसिएसनका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली तथा जीएचजी कम्पनीका अध्यक्ष सागरमणि भण्डारीले संयुक्त रुपमा रिवन काटी शुभारम्भ गरेका हुन् ।
सो अवसरमा जापानमा बसी व्यवसाय गर्दै आएका तथा समारोहका अध्यक्ष भण्डारीले नेपाल पर्यटन र हस्पिटालिटी सेवाका लागि लगानी गर्न उपयुक्त स्थल रहेकोे तर सरकारले लगानीका लागि सहजीकरण गरिदिनुपर्ने बताए । उनी लामो समयदेखि जापानमा रहेर रेस्टुरेन्ट ब्यबसाय गर्दै आएका छन् । त्यस्तै जापानमै रहेर लामो समय अनुभव लिएका अर्का संचालक काशीराम न्यौपानेले आफ्नो विदेशको अनुभवलाई स्वदेशमा ल्याई व्यावसायिक क्षेत्रमा प्रयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । लामो समय बेलायत बसेका पर्यटन व्यवसायी पशुपति भण्डारीले लगानी मैत्री भैदिएमा विश्वका हरेक देशबाट नेपालमा लगानी गर्न नेपाली इच्छुक रहेकोे बताए ।
वडाअध्यक्ष महर्जन तथा झम्सीखेल युवा क्लबका अध्यक्ष थापाले पछिल्लो समय झम्सीखेल पर्यटनको हबका रुपमा विकास हुँदै गएकोले यसको वृहत्तर विकासका लागि स्थानीय निकाय, स्थानीय बासिन्दा तथा व्यवसायी एक जुट भएर लाग्नुपर्ने कुरामा जोड दिए । सेवा प्रारम्भ गरिएको अवसरमा गायक डिजराज पौडेल तथा गायिका वर्षा दासले सांगीतिक प्रस्तुति पनि दिएका थिए ।
उक्त गु्रपले काठमाडौको नक्सालमा इटालियन, म्याक्सिकन, इन्डियन तथा कन्टिनेन्टल फुडसहितको एक सय ५० जना क्षमताको रेस्टुरेन्ट तथा ललितपुरकै सानेपामा २७ वटा कोठा र सेमिनार हल सहितको होटल यसपूर्व नै सञ्चालनमा ल्याइसकेको छ । निकट भविष्यमा भैँसेपाटी, मनोहरा दिव्यश्वरी प्लानिङ तथा पोखरामा पनि सेवा संचालन गर्ने प्रबन्ध निर्देशक विष्णुप्रसाद कंडेलले जानकारी गराएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *