आपस महासंघमा जोडिँदै

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ आध्यात्मिक क्षेत्रमा कलम चलाउने पत्रकारहरुको संगठित संस्थाको रुपमा रहेको आध्यात्मिक पत्रकार समाज (आपस) नेपाल पत्रकार महासंघमा जोडिने भएको छ । समाजमा आवद्ध पत्रकारहरुका लागि छुट्टै एसोसिएट संस्थाको मान्यता दिने तयारी भैरहेको जानकारी नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले जानकारी गराए ।
आध्यात्मिक पत्रकार समाजले आयोजना गरेको विशेष भेलामा सम्बोधन गर्दै अध्यक्ष विद्रोहीले महासंघमा आवद्ध पत्रकारहरु विधागत रुपमा गोलाकार हुनु राम्रो भएको भन्दै उनले समाजले महासंघमा आवद्धता पाउनासाथ विभिन्न स्वदेशी तथा विदेशी संघसंस्थाहरुको समेत साथ पाउने अवस्था आउने धारणा राखे ।
सोही कार्यक्रममा अध्यात्म तथा सम्पदासँग जोडिएका विषयमा विशेष कलम चलाउँदै आएका सञ्चारकर्मी गोपीकृष्ण ढुंगानाले अध्यात्म तथा सम्पदाको विषयमा लेखिने समाचार तथा लेखहरु पछिल्लो समयमा धेरै नै पठनीय रहेको दाबी गरे । उनले आफूले पछिल्लो समय अनुसन्धानात्मक खालका लेख तथा समाचारहरु लेख्दा त्यसको पाठकमा वढोत्तरी भएको पाएको जानकारी दिए ।
यसैगरी सोही समारोहमा दक्षिण एशियाली ज्योतिष महासंघका अध्यक्ष सहदेव विष्टले यो विधामा कलम चलाउने पत्रकारहरुको अन्तर्राष्ट्रिय क्षेत्रमा समेत महत्व देखिन थालेको जानकारी गराउँदै आफ्नो संस्थाले विभिन्न देशहरुमा कार्यक्रमहरु गर्दा सञ्चारमाध्यमहरुले ती कार्यक्रमको समाचार सम्प्रेषणमा विशेष स्थान दिने गरेको जानकारी गराए ।
समाजको अध्यक्ष शिरोमणि दवाडीको अध्यक्षतामा संचालित सो कार्यक्रममा ‘नयाँ विमर्श’ साप्ताहिकका सम्पादक एवम् समाजका कानूनी सल्लाहकार कौशल कुमार भट्टराईले संस्थाका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । समाजका कोषाध्यक्ष मनिता पोखरेलले संचालन गरेको उक्त कार्यक्रममा अन्य सहभागीहरुले संस्थालाई अझ प्रभावकारी ढंगबाट संचालन गर्नका लागि सुझावहरु दिएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *