अर्जेन्टिनाका नागरिकलाई नेपाल भ्रमणमा छुट

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ विश्वकप फुटबलको विजेता मुलुक अर्जेन्टिनाका नागरिकलाई नेपाल भ्रमण गर्दा विशेष छुट दिने भइएको छ । हिमालयन रिक्रिएसन ट्रेक्स एन्ड एक्स्पिडिसन कम्पनीले यस्तो छुटको व्यवस्था मिलाएको हो ।
उनीहरुलाई ट्रेकिङ तथा टूरमा ३० प्रतिशत छुट दिने घोषणा गरेको कम्पनीले १५ दिनको ‘एक्स्पेरियन्स नेपाल’ टुर प्याकेज समेत उनीहरुका लागि घोषणा गरेको छ । १५ दिनकोटुर प्याकेज अन्तर्गतको प्रिमियम प्याकेजमा पर्यटकले हेलिकप्टरमार्फत सगरमाथा आधार शिविर अवलोकन, एक दिन एक रातको नगरकोट सनराईज भ्यू टूर, काठमाडौ, पोखरा, चितवनमा जङ्गल सफारी र लुम्बिनीको भ्रमण तथा हप्ता दिनको घोरेपानी पुनहील ट्रेकिङ समावेश गरिएको सो कम्पनीले जनाएको छ ।
टुर प्याकेज अन्तर्गतको १२ दिनको प्लाटिनम अन्तर्गत काठमाडौंदेखि नाम्चे होटल एभरेस्ट भ्यु हेली टुर, दुई दिन दुई रातको काठमाडौं र पोखरा टूरका साथै हप्ता दिनको घोरेपानी पुनहील ट्रेकिङमा पनि छुटको योजना ल्याएको कम्पनीका प्रबन्ध निर्देशक विष्णु थापाले जानकारी दिएका छन् । यो योजना २०२३ भर लागू हुने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *