रेडजोनमा भौतिक पूर्वाधार सचिव सिग्देल

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ तात्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको पालामा सचिव गोपाल सिग्देल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सहसचिवबाट सचिव पदमा बढुवा भएको १७ महिनापछि भित्रिएका थिए । १७ महिनासम्म नेपाल ट्रष्टमा हाजिर गरेर २–४ जना कर्मचारीको साथमा समय बिताएका सचिव सिग्देल आरजु राणाको सिफारिश र दबाबमा भौतिक मन्त्रालय भित्रिएको जानकारहरुले बताएका छन् ।
२०७८ सालको प्रारम्भमै मन्त्रालय भित्रिएका सचिव सिग्देलले उनीभन्दा अगाडिका सचिव रविन्द्रनाथ श्रेष्ठले लगाएको खेतीपाती थन्क्याएको चर्चा चलेको थियो । सचिव सिग्देललाई आरजु राणा देउवाको विश्वास पात्रका रुपमा चिनिने गरिन्छ ।
खानेपानीबाट सडकको फल खान छिरेका सचिव सिग्देलले उत्तर–दक्षिण व्यापारिक मार्ग र सडक विभागको महानिर्देशक हुँदा व्यापक आर्थिक चलखेल गरेको भुक्तभोगीहरुले बताएका छन् । सचिव सिग्देलकै दबाबमा हुलाकी, मदन भण्डारी र मध्यपहाडी लोकमार्गमा तात्कालिन मन्त्री इस्तियाक राईको पालमा अर्बौको ठेक्का निकालिएको खबर प्राप्त भएको छ । अरु मन्त्री फरक स्वभावका उप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयलाई फरक ढंगले अगाडि बढाउने र यथास्थितिमा हुँदै आएका कामहरुलाई क्रमभंग गर्ने भएपछि मन्त्रालयका सचिव र केही कमिशनखो सु.ई.हरु रेडजोनमा परेका छन् । भौतिक मन्त्रालयको सचिवमा सिचाई मन्त्रालयका सचिव केशवकुमार शर्मा र राष्ट्रिय सतर्कता केन्द्रका सचिव रविन्द्रनाथ श्रेष्ठको चर्चा चलेको छ ।
श्रेष्ठ भौतिक मन्त्रालयमा असफल एवं खुराफातीका रुपमा चिनिएकाले सडककै क्याडर शर्माको संभावना रहेको जानकारहरुले बताएका छन् । सडकलाई गतिशील हिसाबले ड्राइभ गरी जोखिम मोलेर काम गरेका तुरुन्त निर्णय विभागका महानिर्देशक अर्जुनजंग थापा आगामी आर्थिक बर्षसम्म नचल्ने बरु पद मात्र ओगटेका क्षमताविहीन सु.ई.हरुलाई बढुवा भएका नयाँ सुईहरुले लखेट्ने चर्चा चलेको छ ।
मन्त्रालयका सिडिई, सुई र विकास निर्माणमा परिणाम दिन नसक्नेहरुलाई पनि मन्त्री श्रेष्ठले नोटिसमा लिएको बताइएको छ । सडक र पुल बनाउने मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री श्रेष्ठ कमिशनको पछि नलाग्ने बरु रुग्ण ठेक्काहरु सम्पन्न गर्ने दिशामा अघि बढ्ने चर्चा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *