नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ छाउनीस्थित श्रीमहावीर योजना तथा समन्वय महाशाखामा नेपाली सेना र अमेरिकी सेनाको संयुक्त अभ्यास एक्स–टेक नेल २३–३०११’ को शुभारम्भ भएको छ । विशेष फौज बाहिनीपति सहायक रथी भूवन खत्रीको उपस्थितिमा शुभारम्भ उक्त संयुक्त अभ्यासमा नेपाली सेनाका ४५ जना तथा अमेरिकी सेनाका १९ जनाको सहभागिता रहेको नेपाली सेनाले जनाएको छ ।
२०७९ माघ २० गतेसम्म संचालन हुने उक्त अभ्यासमा हाइ एंगल रेस्क्यु, कम्ब्याट सर्च एन्ड रेस्क्यु, एयर क्राफ्ट रेस्क्यु, हाइ अल्टिच्युड अल्पाइन रेस्क्यु र स्विफ्ट वाटर रेस्क्यु जस्ता विषयहरु समावेश छन् । छाउनी र नगरकोट इलाकामा संचालन हुने उक्त अभ्यासको यो १२ औं संस्करण रहेको बताइएको छ ।
संयुक्त अभ्यासबाट दुवै देशका विपद् व्यवस्थापन कार्यमा संलग्न रहने फौजमा जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धार सम्बन्धि ज्ञान तथा क्षमता अभिवृद्धि हुने विश्वासका साथ यो कार्यक्रम हुँदै आएको हो । यसले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *