पृथ्वीनारायणको शालिक नारायणहिटीमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शालिक अनावरण गरेका छन् । नारायणहिटीस्थित श्री उपत्यका पृतना मुख्यालय हाताभित्र नवनिर्मित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको शालिकको एक विशेष समारोहका बीच शर्माले सोमबार अनावरण गरे ।
अनावरण कार्यक्रममा बलाध्यक्ष रथी सीताराम खड्का, रथीहरु, अधिकृत, पदिक तथा सकलदर्जाहरुको उपस्थिति रहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाको यो कार्यलाई सकारात्मक रुपमा लिइएको छ । राष्ट्र निर्माता रहेर पनि बहुदलीय त्यसमाथि गणतान्त्रिक व्यवस्थामा पृथ्वीनारायण शाहलाई सरकारी तबरबाट उपेक्षा गरिँदै आएको थियो । नेपाली सेनाले भने शाहको योगदानको उच्च कदर गरी शालिक नै अनावरण गरेको भनी सेनाको प्रशंसा गर्न थालिएको छ । त्यसो त नेपाल सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीको माग अनुसार यो वर्ष पुस २७ गतेलाई राष्ट्रिय विदा घोषणा गरेर पृथ्वीनारायण शाहप्रति श्रद्धा प्रकट गरेको देखिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *